विपन्न नागरिकलाइ ध्यानमा राखेर पानीको शुल्क न्युनतम गर्नु पर्छ :नगरप्रमुख खाण

विपन्न नागरिकलाइ ध्यानमा राखेर पानीको शुल्क न्युनतम गर्नु पर्छ :नगरप्रमुख खाण

बुटवल-तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले स्वच्छ खानेपानी खान पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार भएकाले स्थानीय सरकारले त्यसलाइ विशेष ध्यान दिएको बताएका छन । शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको २४ औं साधारण सभाको आज (बुधबार)योगीकुटीमा उदघाटन गर्दै नगरप्रमुख खाणले हरेक नगरबासीलाइ स्वच्छ खानेपानी प्रयाप्त मात्रामा उपलब्ध गराउनु पर्ने बताएका हुन । पानीको स्वच्छता र प्रयाप्ततालाइ ध्यानमा राखेर वितरण प्रणालीलाइ बैज्ञानिक बनाउनु पर्नेमा उनलेजोड दिए ।
विपन्न नागरिकको अवस्थालाइ मध्यनगर गर्दै पानीको शुल्क न्युनतम कायम गर्न उनले निर्देशन दिए । देशको विकास र समृद्धिकालागि तीन तहकै सरकार संगै हरेक संघसंस्थाहरु पारदर्सी ढंगले चल्नु पर्ने भन्दै उनले तिलोत्तमा नगरलाइ भ्रष्टाचारमुक्त बनाउँदै विकास र समृद्धिमा अगाडी बढाउन सबैको हातेमालो आवश्यक रहेको बताए । शिक्षा,स्वास्थ्य, खानेपानी,सरसफाइ जस्ता आधारभुत सेवा सुविधामा बृद्धि गर्दै पर्यटन,कृषि,उद्यमशीलाको विकास र रोजगारीको सिर्जना गरी नगरलाइ समृद्ध बनाउने बताए ।
कार्यक्रममा उपप्रमुख जगेश्वरी देवि चौधरीले नगरका सबै नागरिकलाइ खानेपानीको पहूँचमा ल्याउनु पर्नेमा जोड दिइन । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख गुणनिधि पोखरेलले गुणस्तर,मात्रा,समानता र विश्वस्नीयतालाइ कायम राख्दै उपभोक्तालाइ स्वच्छ खानेपानीको पहूँचमा ल्याउन ध्यान दिनु पर्ने बताए । ११ वटा खानेपानी आयोजना संचालन भइरहेको र अबको दुइ बर्षमा ती आयोजना पुरा हूँदा सम्पूर्ण रुपन्देहीबासी स्वच्छ खानेपानीको पहूँचमा पुग्ने जानकारी दिए ।
कार्यक्रममा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका निमित्त कार्यालय प्रमुख अतुलेश कुमार कर्ण, खानेपानी महासंघका जिल्ला अध्यक्ष धु्रब धिताल,एमालेका नगर अध्यक्ष तामनाथ पाण्डे,माओवादी केन्द्रका नगर अध्यक्ष वेलप्रसाद शर्मा,जनमोर्चाका नगर अध्यक्ष रुकबहादुर पराजुली, वडा नं. २ का वडाध्यक्ष डिलबहादुर भट्टराइ,संस्थाका अध्यक्ष झविन्द्र भण्डारी, निर्वतमान अध्यक्ष तथा सल्लाहकार हरि प्रसाद तिवारी, शंकरनगर आनन्दवन खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष केशवराज न्यौपाने, पार्षदहरु दुर्गा देवी खड्का,काशीराम काफ्ले,उपाध्यक्ष केशव प्रसाद शर्मा तिवारी,सचिव कमला ज्ञवाली लगायतले बोल्दै खानेपानी,सरसफाइ र ढल निकासको उचित व्यवस्थापनमा सबैको सहयोग र सहकार्य आवश्यक भएको बताए ।

प्रकाशित मिति : बुधबार, भाद्र १ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij