नागरिकता विधेयक बहुमतले पारित

नागरिकता विधेयक बहुमतले पारित

file

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा फिर्ता पठाउनुभएकाे नागरिकता विधेयक जस्ताकाे तस्तै बहुमतले पारित भएकाे छ । विधेयक पारित गर्नका लागि मतदान भएकाे थियाे ।

संसदमा एक सय ९५ जना सांसद उपस्थित भएकामा पक्षमा एक सय ३५ जनाले पक्षमा मतदान गरेका थिए । यस्तै विपक्षमा ६० जनाले मतदान गरेका छन् । मत दिन्न भन्नेमा कसैले पनि मतदान गरेनन् ।

आजकाे बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिको सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएकाे थियाे । त्याे प्रस्ताव मत विभाजनबाट पारित भएको हो ।

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले गएको साउन १५ गते प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको विधेयक राष्ट्रपति भण्डारीले साउन २९ गते संसदमै फिर्ता पठाउनुभएको थियो । राष्ट्रपतिले संवैधानिक अधिकार प्रयोग गर्दै नागरिकता विधेयक पुनर्विचारका लागि संसदमा फिर्ता पठाउनुभएको थियो ।

अब याे विधेयक राष्ट्रिय सभामा पठाइनेछ । राष्ट्रिय सभाकाे बैठक भदाै ६ गतेका लागि बाेलाइएकाे छ । त्यहाँबाट पनि पारित भइसकेपछि फेरि प्रतिनिधि सभामै आउनेछ । त्यसपछि सभामुखले प्रमाणीकरण गरेर राष्ट्रपतिकाेमा पठाउनुहुनेछ । सरकारले दोस्रो पटक प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रकाशित मिति : बिहिबार, भाद्र २ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij