काठमाण्डाै – चुनाव घोषणा भएपछि प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल सकिनुपर्ने माग राखेर परेको रिट सर्वाेच्च अदालतमा दर्ता भएको छ ।
अधिवक्ता मनिराम उपाध्यायलगायतले हिजो बिहीवार चुनावकाे मिति घोषणापछि प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल सकिनुपर्ने भनी पेस गरेको निवेदन कामु मुख्य रजिस्ट्रार नारायणप्रसाद पन्थीले दरपिठ गर्नुभएको थियो । दरपिठको आदेशविरुद्ध अधिवक्ता उपाध्यायलगायतका निवेदकहरूले सर्वोच्च अदालतमै निवेदन दिएकोमा निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सुष्मलता माथेमाको इजलासले दरपिठ आदेश बदर गरेर निवेदन दर्ता गर्नू भनी आदेश दिएको हो । आदेशपछि रिट दर्ता गरेर सुनुवाइका लागि आइतवारको समय तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।
रिट निवेदनमा चुनावको घोषणापछि प्रतिनिधि सभाको कार्यकाल सकिने भएकाले त्यसयता गरेका सबै निर्णय र काम–कारबाही बदर हुनुपर्ने मागसमेत गरिएको छ । निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सभामुख अग्निप्रसाद सापकोटा, प्रतिनिधि सभा, सात वटै प्रदेश सभालाई विपक्षी बनाइएकाे छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र ३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्