राष्ट्रपति भण्डारीले आज पूर्वप्रधानसेनापतिसँग छलफल गर्दै

राष्ट्रपति भण्डारीले आज पूर्वप्रधानसेनापतिसँग छलफल गर्दै

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुझाव नसमेटी संसदबाट पारित भएको नागरिकता विधेयकका बारेमा छलफललाई निरन्तरता दिएकी छिन्।

 

 

यस क्रममा छलफल गर्न राष्ट्रपति भण्डारीले बुधबार अवकाशप्राप्त प्रधानसेनापति तथा जर्नेलहरूलाई शीतल निवासमा बोलाएको स्रोत बताउँछ।

प्रतिनिधिसभाले गत भदौ २ गते नागरिकता विधेयक, २०७९ बहुमतले पारित गरेको थियो। त्यसको भोलिपल्टदेखि राष्ट्रपति भण्डारीले कानुनविद्लाई बोलाएर छलफल गरिरहेकी छिन्।

गत साउन २९ गते संसदमा फिर्ता पठाउनुअघि पनि राष्ट्रपति निरन्तर परामर्शमा व्यस्त थिइन्। अहिले पनि त्यो क्रम जारी छ। उनी विधेयक प्रमाणित नगर्ने बरु राजीनामा दिने ‘मुड’मा देखिएको स्रोतको दाबी छ।

राष्ट्रपति भण्डारीसँग मंगलबार नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरूले पनि भेटघाट गरेका थिए।

सरकारले सत्य निरुपण तथा मेलमिलाप विधेयक संसदमा दर्ता गरेपछि विभिन्न देशका राजदूतले यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छलफल गरेका थिए।

प्रकाशित मिति : बुधबार, भाद्र ८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij