रुपन्देहीको विकासले देशकै पहिचान बलियो भएको छ: गृहमन्त्री खाण

रुपन्देहीको विकासले देशकै पहिचान बलियो भएको छ: गृहमन्त्री खाण

रुपन्देही
गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको विकासले देशकै पहिचान बलियो बनाएको बताउनु भएको छ ।
बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन समारोहमा बोल्दै खाणले नेपालको मध्यभागमा पर्ने रुपन्देहीको बुटवलमा सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र अन्तर्राष्ट्रिय विमानस्थल, बुद्धस्थल लुम्बिनीमा सम्पन्न हुन लागेको लुम्बिनी गुरुयोजना, द्रलगायतका पूर्वाधारहरूले देशकै गरिमा बढाएको बताउनुभयो ।
‘लुम्बिनी संसारकै आस्थाको केन्द्र हो त्यसैले यहाँको विकासले राष्ट्रिय महत्त्व राख्ने खाणले बताउनु भयो।
जेठ २ गते बुद्ध पूर्णिमामा भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भयो, आज यहाँको सम्मेलन केन्द्र भयो, विश्वका धेरै देशहरूसँग सम्बन्ध बलियो बनेको खाणले बताउनु भयो ।
अब थप एयर रुटको लागि प्रधानमन्त्रीले कुरा गरिरहनु भएको छ,भारतीय प्रधानमन्त्री लुम्बिनीमा ल्याउन सकेकाले पनि रुपन्देहीको गरिमा बढेको गृहमन्त्री खाणले भन्नु भयो ।
बुटवलको सम्मेलन केन्द्रमा राज्यले गरेको लगानीको प्रतिफल निकाल्ने गरी अगाडि बढ्नुपर्ने बताउँदै उहाँले यसबाट आएको आम्दानीले अन्य क्षेत्रमा लगानी गर्ने विश्वास दिलाउनुपर्ने सन्देश दिनुपर्ने बताउनु भएको छ।
गृहमन्त्री खाणले लुम्बिनीमा रहेका मोतीपुर र नौवस्ताको औद्योगिक क्षेत्र छिटो बनाउन स्थानीयको व्यवस्थापन गरेर अगाडि जाने सरकारको नीति रहेको बताउँदै कार्यदलले क्षेत्रफल तोकेर अस्थायी बसोबास गरेका नेपाली नागरिकलाई कसरी स्थायित्व बनाउने भन्ने विषयमा निचोड निकाल्ने बताउनु भयो ।
शहरी विकास मन्त्री मेटमणि चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, पूर्वमन्त्री रामकुमारी झाँक्रीलगायतले सम्बोधन गर्नुभएको थियो ।
दुई चरणमा गरी १ अर्ब ११ करोडको लागतमा निर्माण भएको उक्त सम्मेलन केन्द्र रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं। ८ रामनगरमा निर्माण भएको हो ।
९.६ बिगाहा क्षेत्रफल जमिनमा बनेको सम्मेलन केन्द्रमा सभा हलसहित ६ वटा बैठक हल र २ वटा बहुउद्देश्यीय हल तयार भएको छ ।
यसका अलवा सम्मेलन केन्द्रमा सर्भिस भवन, कर्मचारी आवास तथा अन्य आवश्यक पूर्वाधार निर्माण भएको छ । सम्मेलन केन्द्रमा चार सय गाडी र चार सय मोटरसाइकल पार्किङको व्यवस्था छ । सम्मेलन केन्द्रमा हेलिप्याड समेत बनाइएको छ

 

प्रकाशित मिति : शनिबार, भाद्र ११ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij