बुटवल
रुपन्देहीको सियारी गाउँपालिकाले सडक अतिक्रमण गरी बनाएका संरचना, सडक पेटिमा थुपारिएका निर्माण सामाग्री हटाउन १० दिने अल्टीमेटम दिएको छ ।
गाउँपालिकाका निमिक्त प्रमुख प्रमुख प्रशासकीय अधिकृत सुधिर पौडेलले एक बिज्ञप्ती जारी गर्दै सडकमा थुपारिएको निर्माण सामाग्री तथा सडकमा गाईबस्तु बाध्ने गर्दा पालिकाको सुन्दरता बिग्रिएको भन्दै हटाउन निर्देशन दिएको हो ।
खास गरी बेथरी बेलवास सडक खण्डमा अनाधिकृत रुपमा निर्माण सामाग्री थुपार्ने, ट्रक ट्याक्टर पार्किङ गर्ने, पशु चौपायाहरु बाध्ने, सडकको क्षेत्राधिकार मिचि ठेला तथा टंकी राख्ने कार्यले सफा, सुन्दर र व्यवस्थीत गाउँपालिका बनाउने अभियानलाई अबरोध गरेकाले त्यस्ता सामाग्रि हटाउन अनुरोध गरेको पालिकाले जनाएको छ ।
असोज ८ गते भित्र सडक किनाराको अबरोध नहटाए कानुन बमोजिम अगाडि बढ्ने गाउँपालिकाले चेतावनी समेत दिएको छ ।
प्रकाशित मिति : बिहिबार, भाद्र ३० २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्