नेपाली कांग्रेसले सातै प्रदेशमा निर्वाचन परिचालन समिति बनाउने

नेपाली कांग्रेसले सातै प्रदेशमा निर्वाचन परिचालन समिति बनाउने

काठमाडौं – नेपाली कांग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ ।

मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय निर्वाचन परिचालन समितिको बैठकले संयोजकसहित सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको समितिका सदस्य समेत रहेका नेता आनन्दप्रसाद ढुंगानाले जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरुले सबै क्षेत्रमा उम्मेदवारी नदिएकाले समानुपातिकतर्फको मत घटन सक्ने उल्लेख गर्दै त्यसमा विशेष ध्यान दिएर निर्वाचन परिचालनको काम गर्नुपर्ने सुझाव दिएका थिए ।

‘नेपाली कांग्रेस अहिले गठबन्धनमा छ । गठबन्धनको परिस्थितिमा हामीले ९१ सिट मात्रै पाएका छौं । त्यसले गर्दा समानुपातिक भोट घटन सक्छ । त्यसलाई कसरी म्यानेज गर्ने रु यी सब कुराहरुमा छलफल गरियो । अव जति पनि सुझावहरु आएका छन । ती सबै सुझावहरुलाई समेटेर यस समितिको कामलाई व्यवस्थापन गर्छौं’, उनले भने ।

बैठकमा पार्टीको चुनावी घोषणा पत्र आएपछि त्यसको प्रचारको कामलाई प्रभावकारी बनाउन पनि लागि गर्ने धारणा समितिका सदस्यहरुबाट आएको नेता ढुंगानाले बताए ।

पार्टीको आन्तरिक निर्वाचन परिचालनको कामलाई प्रभावकारी बनाउनका लागि नेता गोपालमान श्रेष्ठको नेतृत्वमा कांग्रेसले ११० सदस्यीय केन्द्रिय निर्वाचन परिचालन समिति गठन गरेको छ । सत्तारुढ गठबन्धनले यस अघिनै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचन परिचालन समितिको संयोजक तोकिसकेको छ ।

प्रकाशित मिति : मंगलबार, कार्तिक १ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij