बुटवल -रुपन्देही सुनचाँदी व्यबसायी संघले सुनकोे अभाव र कालोबजारी रोक्न नेपाल सुनचाँदी व्यबसायी महासंघलाई ज्ञापनपत्र बुझाएको छ ।
संघको नेतृत्वमा बजारमा भएको छापावाला सुनको चरम अभाव तथा कालोबजारी, बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न माग गर्दै नेपाल सुनचाँदी व्यबसायी महासंघलाई ५ बुँदे ज्ञापनपत्र बुझाएको हो ।
रुपन्देही सुनचाँदी व्यबसायी संघको नेतृत्वमा सोमबार जिल्लाका सुनचाँदी व्यबसायीहरुका व्यवसायी समस्याहरु सम्बन्धमा नेपाल सुनचाँदी व्यबसायी महासंघलाई जानकारी गराई उक्त समस्याको जानकारी गराई व्यबसायीको समस्या समाधानको लागी ध्यानआकर्षण गराउने उदेश्यले ज्ञापनपत्र बुझाइएको महासचिव सिताराम रसाइलीले बताए ।
जिल्लाका व्यबसायीले व्यवसाय मैत्री करोबार सञ्चालन ऐन लागु गर्न, एसोसिएट सदस्यता खारेज गर्न तथा कालोबजारी अन्त्य गर्न नेपाली सुनचाँदी व्यवसायी महासंघले खाका तयार गर्नुपर्ने संघको माग छ ।
बजारमा सुन अभाव भएकाले व्यवसाय बचाउँन विचौलियाहरुसँग महंगोमा सुन खरिद गरेको रुपन्देहीका सुन व्यवसायीहरुले बताएका छन् ।
ज्ञापनपत्रमा सुनको आपुर्ति वृद्धि गर्न र त्यसको आपुर्ति न्यायोचित र पारदर्शि बितरणको लागि महासंघ तत्काल लाग्नुपर्ने,राज्यका सम्बन्धित निकायसंग समन्वय गरि सुनको कालोबजारी अन्त्य गर्न अबिलम्ब लाग्नुपर्ने,एसोसियट सदस्यहरु बाट कोटाको सुन निकासीमा अनियमितता गरि कालो बजारी गरेको भन्ने गुनासो आएको हुँदा त्यसको छानबिन गरि दोषिलाई कारबाहि गर्ने र सदस्या समेत खारेज गर्नुपर्ने,सुनको आपुर्तिको दिर्घकालिन समाधानको लागि कोटा प्रणलीको अन्त्य र व्यबसायीहरुको आवश्यकता अनुसार सहज रुपमा सुन किन्न सक्ने व्यवस्था मिलाउन राज्य संग अबिलम्ब पहल गर्ने र लामो समय देखि थाति रहेको सुनचाँदी व्यबसाय सम्बन्धि नियमावली तथा निर्देशिका पारित गर्ने कुरामा गम्भिर रुपमा लाग्नुपर्ने ज्ञापनपत्र मार्फत आग्रह गरिएको छ ।
ज्ञापनपत्र बुझाउदै रुपन्देही सुनचाँदी व्यबसायी संघका अध्यक्ष रामकिसन बिश्वकर्माले बिभिन्न बाहानामा व्यवसायीले सुनचाँदी व्यवसायका लागि आवश्यक पर्ने कच्चा सुन र चाँदी बजारमा प्रयाप्त नहुँदा कालोबजारी गर्ने गिरोहले मौकाको फाइदा उठाइरहेको कालोबजारीको रुपमा अधिक मूल्य तिरेर सुन खरिद गर्न वाध्य हुनु नै अहिलेको मुख्य समस्या भएको बताउदै यस्ता किशिमका व्यबसायीक समस्या अन्त्यका लागि संस्थाहरुले उठाएका मागलाई महासंघले नेतृत्वदायी भुमिका खेल्न आग्रह गरे।
नेपाल सुनचाँदी व्यवसायी महासंघका बिज्ञ परामर्श समिती संयोजक प्रेम कुमार सेन्चुरीले सरकार, व्यवसायी र उपभोक्ता सबैलाई सहज हुनेगरी आपूर्तिको विकल्प खोजिनु पर्ने बताए ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले व्यबसायीको हकहितको लागी महासंघ सदैब तत्पर रहेको बताए । बजारमा सुनचाँदीका गरगहना बनाउने कच्चा पदार्थ अभाव र माग अनुसार आपूर्ति नहुँदा ग्राहकहरूको माग अनुसार बजारमा सुनचाँदी दिन सक्ने अवस्था नभएको बताउदै उनले गत ६ महिनादेखि सरकारले विदेशी मुद्रा सञ्चितिको कमी भएको भन्दै सुन आयातमा कटौती गर्दा व्यवसायीहरू मारमा परेको बताए ।
नेपाल सरकारले गत वैशाखदेखि दैनिक २५ किलोसम्म आयात हुने गरेको कोटामा कटौती गरी १० किलोमा झारेकाले अहिले बजारमा सुनको अभाव देखिएको व्यवसायीहरूको गुनासो छ ।
कार्यक्रममा महासंघका उपाध्यक्ष जोगलाल बिश्वकर्मा , दिएस रत्न शाक्य,पवन सोमानी ,महेन्द्ररत्न शाक्य महासचिव धर्म सुन्दर बज्राचार्य ,सचिव किरण किरणभाइ बज्रचार्य,कोषध्यक्ष सुदिप क्षेष्ठ,संस्थापक अध्यक्ष मणिरत्न शाक्य ,सल्लाहकार बिक्रम सुनार,डिल बहादुर खाती ,गकुल कालिराज दिपक कौशल,सिताराम रसाइली लगायतले बोलेका थिए ।
कार्यक्रममा जिल्ला संघमा आबद्ध आठ ओटा नगरसंघका अध्यक्ष सचिव ,जिल्ला कार्यसमितीका पधादीकारी,सल्लाहकार ,प्रदेश संघका प्रतिनिधी ,एवम रुपन्देही जिल्लाबाट महासंघमा प्रतिनिधित्व गर्ने पधादिकारीहरुको सहभागिता रहेको थियो।

प्रकाशित मिति : सोमबार, कार्तिक २१ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्