नयाँगाऊँ माध्यमिक बिद्यालयमा ३ दिने योग शिविर शुरु

नयाँगाऊँ माध्यमिक बिद्यालयमा ३ दिने योग शिविर शुरु

बुटवल-बुटवल १२ मा रहेको नयाँगाऊँमाध्यमिक बिद्यालयमा ३ दिने योग शिबिर शुरु भएको छ । कक्षा ११ र १२ मा अध्ययनरत २ सय जना बिद्यार्थी सहभागि रहेको शिबिर २५ गतेसम्म संचालन हुने बिद्यालयले जनाएको छ ।

बिद्यार्थीको जीवनलाइ स्वस्थ राख्न र चौतर्फी बिकासका लागि बिहानको समयमा दैनिक ३ घण्टा योग शिबिर संचालन गरिएको बिद्यालयका प्रधानाध्यापक पुरुषोेत्तम भट्टराईले बताउनुभयो ।

 

उहांले योगले बिद्यार्थीलाइ सकारात्मक उर्जा दिने बताउनुभयो । सो शिबिरमा योग गुरुहरु हरिशरण पाण्डे कृष्ण प्रसाद पौडेल र सीता लम्साल अर्यालले प्रशिक्षण दिदै योगलाइ जीवनउपयोगी बनाउनुपर्ने धारणा राख्नुभयो । शिबिरको उद्घाटन गर्दै बुटवल १२ का वडाध्यक्ष डिल्लीप्रसाद शर्मा आचार्यले योगलाइ दैनिक जीवनसंग जोड्नुपर्ने बताउनुभयो ।

 

सो अबसरमा बिद्यालयका अध्यक्ष पुरुषोत्तम बस्याल,प्लस टु संयोजक सुर्य बहादुर राना, कार्यक्रम संयोजक बिष्णु प्रसाद काफ्ले ,बिद्यालयका सल्लाहकार तथा पत्रकार कपिल ज्ञवाली,शिक्षक रामप्रसाद बञ्जाडे लगायतले बोल्नुभएको थियो ।

प्रकाशित मिति : मंगलबार, कार्तिक २२ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij