मधुमेहको निःशुल्क परिक्षण

मधुमेहको निःशुल्क परिक्षण

 

बुटवल

लायन्स क्लब अफ बुटवल स्टार्स र चौराह हस्पिटलको सयुक्त आयोजनामा शनिवार बिश्व मधुमेह दिवस को अवसरमा निःशुल्क परिक्षण तथा वाकाथुन,जनचेतनामुलक कार्यक्रम गरेको छ । बुटवल अमरपथ टक्सार कम्लेक्स देखि ५ किलोमिटर बुुटवलको राजमार्ग चौराहमा गएर सकीएको थियो । वाकाथुन कार्यक्रममा मधुमेश रोग सम्बन्धी विभिन्न प्लेकार्ड, पोष्टर तथा अन्य जनचेतनामुलक सामग्रीहरु समेत समावेश गरिएको लायन्स क्लव अफ बुटवल स्टार्सका अध्यक्ष विजय कुमार वर्नावालले जानकारी दिए । वाकाथुन पश्चात आयोजना गरिएको कार्यक्रममा लायन्स ईन्टरनेशनल डिष्ट्रिक ३२५ पि का फष्ट भिडिजी पीएनजेएफ अर्जनमान शैजु, सेकेण्ड भिडिजी पुरुसोत्तम प्रधानांङ्ग लगायतले मधुमेह रोग तथा लायन्सले गर्दै आएको कार्यक्रम बारेमा आ आफ्नो भनाई राखेका थिए । निःशुल्क मधुमेह परिक्षण मा ३ सय ८० जनाको परिक्षण गरिएको थियो । कार्यक्रममा लायन्स स्टार्सका संस्थापका अध्यक्ष तथा डिष्ट्रिक ३२५ पि का सचिव सन्दीप कसौधन, क्लवका पूर्व अध्यक्ष तथा डिष्ट्रिक एड्भाईज आशिष कृष्ण श्रेष्ठ लगायतले आ आफ्नो भनाई राखेका थिए । कार्यक्रममा निःशुल्क मधुमेह परिक्षण सहितको प्राविधिक सहयोग चौराह हस्पिटल प्रालिका प्रशासकीय अधिकृत सतोष गुप्ताले बताए । कार्यक्रममा चौराह अस्पतालका अध्यक्ष डा. प्रकाश पुन , अर्थोपेडीक डा. मदन ज्ञवाली, न्युरो सर्जन डा. के.आईसिंह केसी ,फिजिसीयन डा. सरोज थापा सहित अस्पतालका ल्याव टेक्नीसियन सहित प्राविधिकहरुको सहभागीता रहेको थियो ।

 

 

प्रकाशित मिति : शनिबार, कार्तिक २६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij