रुपन्देही ५ मा सुकम्बासी समस्या समाधान गर्नेछु: शाह

रुपन्देही ५ मा सुकम्बासी समस्या समाधान गर्नेछु: शाह

 

रुपन्देही,

रुपन्देही क्षेत्र नं. ५ का पाँच दलीय गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेसका नेता भरतकुमार शाहले पाँच दलीय गठबन्धनको जीतलाई कसैले रोक्न नसक्ने बताएका छन् ।

शाहले रुपन्देहीको ५ नम्बर क्षेत्रमा आफुले दिनरात नभनी गरेका विकास निर्माणका काम देखेर मतदाता आफूप्रति आकर्षित भएको बताउँदै यो निर्वाचनबाट आफूमात्र नभइ गठबन्धनका सबै उम्मेदवार विजयी हुने ठोकुवा गरे ।

क्षेत्र नं. ५ को कञ्चन गाउँपालिकाको शान्ति बजार र गैडहवा गाउँपालिकाको साँडी लगायतका क्षेत्रमा शनिवार आयोजित चुनावी सभाहरुलाई सम्वोधन गर्दै कांग्रेसका उम्मेदवार शाहले मंसिर ४ गतेपछि बन्ने सरकारले सुकुम्वासी समस्या समाधान गर्ने बताए ।

रुपन्देहीको पिछडिएको क्षेत्रका रुपमा रहेको सूर्यपुरा, हसनापुर, गजेडी, धुसुवालगायत क्षेत्रका स्थानीयले शाहलाई चुनाव जितेर यो ठाउँको थप विकास गर्न अनुराध गरे । नेता शाहले आफूले गरेको विकास देखेर नै जनताले आफूलाई मतदान गर्ने बताउँदै क्षेत्र नं. ५ का १ र २ बाट उम्मेदवार बनेका गठबन्धनबाट माओवादीका विनोद पहाडी र कांग्रेसका फकरुद्दीन खानलाई विजयी बनाउने अठोट ब्यक्त गरे ।

आफ्नै नेतृत्वमा कलौनीदेखि लुम्विनी जोड्ने सडक निर्माण सम्पन्न भएको, फायरलाईनदेखि रुद्रपुर हुँदै लुम्विनीसम्म जोड्ने सडक निर्माण भएको शाहले बताए । कलौनीदेखि बयरकट्टीहुँदै दक्षिण क्षेत्रलाई जोड्ने सडक पनि आफ्नै पहलमा निर्माण गरिएको शाहको भनाई छ ।

प्रकाशित मिति : शनिबार, कार्तिक २६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij