गृहमन्त्री खाँणले आफू हारेर पनि प्रजातन्त्र लाई जिताए : मुख्य निर्वाचन अधिकृत कोइराला

गृहमन्त्री खाँणले आफू हारेर पनि प्रजातन्त्र लाई जिताए : मुख्य निर्वाचन अधिकृत कोइराला

 

रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले गृहमन्त्री बालकृष्ण खाँणले आफूले निर्वाचन हारेर पनि प्रजातन्त्रलाई जित दिलाएको बताएका छन् । जिल्लामा विभिन्न दलबाट राष्ट्रिय राजनीतिमा स्थापित नेताहरु उम्मेदवार रहेकाले मुलुकभरिको चासो रहेकाबेला गृहमन्त्रीले निर्वाचन शान्तिपूर्ण रुपमा पूरा गराएको कोइराला ले बताए । ‘सुरक्षा प्रबन्ध व्यवस्थित नभएको भए सहज तरिकाले निर्वाचन सम्पन्न हुने थिएन,’ मंगलबार जिल्ला प्रशासनमा आयोजित पत्रकार सम्मेलनमा कोइरालाले भने, ‘त्यसका लागि गृहमन्त्रीलाई धन्यवाद छ ।’

रुपन्देही–३ बाट गृहमन्त्री खाँण र राप्रपा का बरिष्ठ नेता दीपक बोहरा प्रतिनिधिसभा सदस्य उम्मेदवार थिए । एमाले र जसपाको सहयोगमा उम्मेदवार बनेका बोहराले पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका खाँणलाई पराजित गरेका थिए । ‘गृहमन्त्री उम्मेदवार रहेको क्षेत्रको मतगणना शान्तिपूर्ण रुपमा सकियो,’ कोइरालाले भने, ‘गृहमन्त्रीले हारे पनि प्रजातन्त्रले जितेको छ । सहज र शान्तिपूर्ण निर्वाचन गर्ने वातावरण बनाउनु भएकोमा गृहमन्त्रीलाई धन्यवाद दिए

पाँचवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा असोज १५ गते निर्वाचन पक्रिया सुरु भएको थियो । ‘मंसिर ११ गते निर्वाचनका सबै काम पूरा भइसके,’ कोइराला ले भने, ‘जिल्लामा उपलब्ध संशाधन प्रयोग गरेर निर्वाचन पूरा गर्यौं, हाम्रो कामप्रति कसैबाट असन्तुष्टि छैन ।’ प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले निर्वाचन आयोगको तालिका अनुसार जिल्लाका पाँचवटै क्षेत्रमा निर्वाचन कार्यक्रम सकिएको जानकारी दिए ।

‘निर्वाचन अवधिभर असन्तुष्टि आउने कुनै काम भएनन्,’ उनले भने, ‘सीमा जोडिएको, धेरै मतदाता रहेको र चर्चित व्यक्ति उम्मेदवार रहेको जिल्लामा व्यवस्थित चुनाव सम्पन्न भएको छ ।’ प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार जिल्लामा ६ लाख ३८ हजार ९ सय ५२ मतदाता थिए । ती मध्ये ४ लाख ३३ हजार ४ सय ४९ जनाले मतदान गरेका थिए । पाँचवटै क्षेत्रमा निर्वाचन कार्यालय स्थापना भएपछि विशेष सुरक्षा योजना मातहत रहेर तयारी गरिएको पाण्डेले बताए ।

निर्वाचन अवधिभर जिल्लामा ८ हजार ४ सय ५४ कर्मचारी, एक हजार ७ सय २६ नेपाल प्रहरी, ८ सय ८८ सशस्त्र प्रहरी, तीन हजार ३५ म्यादी प्रहरी र आवश्यक संख्यामा सेना परिचालन गरिएको थियो । ‘असोज १५ गते थालेको निर्वाचनका सम्पूर्ण काम मंसिर ११ गते साँझ सकिएका छन्,’ उनले भने, ‘यस कार्यमा सहयोग पुर्याउने सबै धन्यवादका पात्र हुनुहुन्छ ।’

सीमावर्ती जिल्ला भएकाले भारतीय समकक्षीले समेत सुरक्षा व्यवस्था कायम गर्न सहयोग पुर्याएको उल्लेख गर्दै उनले धन्यवाद दिए । अरु जिल्लामा कम मत खसेको भए पनि रुपन्देहीमा ६७ प्रतिशतभन्दा बढी मतदान भयो ।

प्रकाशित मिति : मंगलबार, मंसिर १३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij