स्थापना दिवशका अवसरमा रक्तदान र आश्रममा खाना

स्थापना दिवशका अवसरमा रक्तदान र आश्रममा खाना

बुटवल
रुपन्देही उद्योग संघले आफ्नो ४५ औं स्थापना दिवश एवम उद्योग दिवशका अवसरमा विहिवार बुटवलमा रक्तदान तथा मानव सेवा आश्रममा आश्रीतहरुलाई खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।

संघले दुई छुट्टाछुटै कार्यक्रमको अयोजना गरि रक्तदान र खाना खुवाएको हो । आगामी पुस ७ गतेबाट बुटवलमा आयोजना गर्न लागेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी स्थल बुटवल मण्डपमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको थियो ।

रक्त सञ्चार केन्द्र, बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रमको सुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि संघका पूर्व अध्यक्ष बोनिन पियाले संघको महत्वपुर्ण कार्यक्रम प्रदर्शनी आयोजना गर्न लागिरहेको अवस्थामा पनि सामाजिक उत्तरदायित्वलाई नविर्सेर संघले आयोजना गरेको रक्तदान कार्यक्रमले सबै उद्योगीको शिर उचो बनाउनुकासाथै समाजमा सकारात्मक सन्देश प्रवाहा गरेको बताए ।

कार्यक्रममा संघका अकौ पूर्व अध्यक्ष श्यामबहादुर हमालले रुपन्देही उद्योग संघको विगतको इतिहासलाई बचाउदै समाजमा स्थापित भएर अगाडी बढन धेरै चुनौतिहरु रहेको उल्लेख गर्दै समाजप्रतिको दायित्वलाई कहिल्यै विर्सन नहुने धारणा राखे ।

संघका अध्यक्ष माधव प्रसाद पौडेलले संघका गतिविधिहरुलाई अगाडी बढाउने क्रममा सचेत र संयमित भएर लागेको बताउदै संघले विगतदेखि गर्दै आएका कार्यक्रमलाई निरन्तरता दिने र नयाँ कार्यक्रमहरु थप्दै जाने प्रतिवद्धता जनाए ।

कार्यक्रम संघका महासचिव हरि बहादुर खत्रीको सञ्चालन तथा रक्तदान कार्यक्रम संयोजक लालाहरि पाण्डेको स्वागतमा सम्पन्न भएको थियो ।
संघले मानव सेवा आश्रम, बुटवलमा एक कार्यक्रमको आयोजना गरि त्यहाँ आश्रित बृद्धबृद्धाहरुलाई एक छाक खानाको प्रवन्ध गरेको थियो ।

त्यस अवसरमा संघका निर्वचनमा अध्यक्ष बाबुराम बोहोरा, पूर्व अध्यक्ष बोनिन पिया, आश्रमका अध्यक्ष लोकनाथ भुसाल, संघका अध्यक्ष माधव प्रसाद पौडेल, महासचिव हरि बहादुर खत्री, प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारी लगायतले आ आफ्नो भनाई राखेका थिए ।

प्रकाशित मिति : बिहिबार, मंसिर १५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij