शान्ति समाजको २५ औँ राष्ट्रिय परिषद् बैठक नवलपरासीको भूमहीमा हुने

शान्ति समाजको २५ औँ राष्ट्रिय परिषद् बैठक नवलपरासीको भूमहीमा हुने

 

बुटवल

मानव अधिकार तथा शान्ति समाजको २५ औँ राष्ट्रिय परिषद् बैठक तथा राष्ट्रिय महाधिवेशन आगामी पुष २९ र ३० गते पश्चिम नवलपरासीको भुमहीमा हुने भएको छ । शान्ति समाजको निति निर्माण र नेतृत्व चयन गर्ने सर्वोच्च निर्णायक निकायका रुपमा रहेको राष्ट्रिय परिषद बैठकले आगामी २ बर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

बर्दघाट सुस्ता पश्चिम शाखाको आतिथ्यमा सम्पन्न हुनगैरहेको सो राष्ट्रिय परिषद बैठक तथा महाधिबेशनमा मुलुकभरका ४० जिल्लाबाट २ सय ५० भन्दा बढी मानव अधिकारकर्मीहरुको सहभागिता रहने छ । उक्त २५ औँ राष्ट्रिय परिषद् बैठकबाट २७ सदस्यीय केन्द्रीय कार्यसमितिको निर्वाचन हुने मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोविन्द खनालको भनाइ छ ।

राष्ट्रिय परिषद् बैठकमा आधा दर्जन प्रस्तावहरुसहित वार्षिक गतिविधि, प्रतिवेदन लगायतका दस्तावेजहरु प्रस्तुत हुने सभापति खनालले जानकारी गराएका छन् । राष्ट्रिय परिषद् बैठक आयोजनाका लागि समाजको नवलपरासी पश्चिम शाखाका निवर्तमान सभापति सन्तोष अधिकारी क्षेत्रीको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको सभापति खनालले बताए । साथै उक्त महाधिबेशन सम्पन्न गर्न बिभिन्न १३ वटा उपसमितिहरु पनि गठन गरिएको छ ।

यसैबिच शाखा सभापति गणेश न्यौपानेको सभापतित्वमा बसेको जिल्ला कार्यसमिति बैठकले मूल तयारी समिति÷उपसमितिहरु गठन गर्नुका साथै राष्ट्रिय परिषदको सेरोफेरोमा वृक्षारोपण, शान्ति र्याली, सफाई, लागू औषध÷मदिरा दुव्र्यसन विरुद्ध शैक्षिक प्रतिष्ठानहरुमा सचेतना कार्यक्रम लगायत एक दर्जन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । राष्ट्रिय परिषद् बैठकमा समाजका संस्थापक सभापति कृष्ण पहाडी लगायत नागरिक अगुवाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : सोमबार, पुष ४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij