गगन–विश्वप्रकाशको संयुक्त विज्ञप्ति : सावधानी पुर्‍याउन नसक्दा सत्ता गुम्यो

गगन–विश्वप्रकाशको संयुक्त विज्ञप्ति : सावधानी पुर्‍याउन नसक्दा सत्ता गुम्यो

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सावधानी पुर्‍याउन नसक्दा सत्ताको राजनीतिमा योपटक पछि परेको स्वीकार गरेका छन्।

 

 

शनिबार मेलमिलाप दिवसको अवसरमा महामन्त्रीद्वयले संयुक्त विज्ञप्ति जारी गर्दै जनताको मतबाट पहिलो दलका रूपमा विजयी भए पनि गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पुर्‍याउन नसक्दा सत्ताको राजनीतिमा पछि परेको स्वीकार गरेका हुन्।

उनीहरूले भनेका छन्, ‘नेपाली जनताको मतबाट हामी पहिलो दलका रूपमा विजयी भएकै हौँ। तर, गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पुर्‍याउन नसक्दा केवल सत्ताको राजनीतिमा योपटक पछि परेका मात्रै हौँ। हामी उच्च नैतिक बलका साथ दाबी गर्न सक्छौँ कि निर्वाचनको बेला एउटा गठबन्धन र एउटा बाचाबन्धन गरेर जाने, तर निर्वाचनपछि अर्कै बाटो हिँड्ने बेइमानी कम्तीमा हामीबाट भएन। नेपाली कांग्रेसले सरकारलाई गुण र दोषका आधारमा मूल्याङ्कन गर्नेछ, जनताप्रति जवाफदेही बनाउन जिम्मेवार प्रतिपक्षको रूपमा सशक्त भूमिका निर्वाह गर्नेछ। राष्ट्रिय राजनीति र जनचासोका विषयमा नेतृत्वदायी अग्रसरता लिनेछ।’

प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल भएर पनि कांग्रेस प्रतिपक्ष बन्न पुगेको उल्लेख गर्दै पार्टी पंक्तिमा गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाउनु स्वभाविक भएको बताएका छन्।

‘यस क्षणमा हाम्रा दुईवटा दायित्व छन्– पहिलो, आग्रह र पूर्वाग्रहमुक्त भएर संयमतापूर्वक समग्र घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिको ईमानदार समीक्षा गर्ने। दोस्रो, यसबिचमा हाम्रो असावधानी, कमजोरी र गल्ती जो भएको छ, त्यसलाई कुनै ढाकछोप नगरी स्वीकार्दै खुला र पारदर्शी छलफल मार्फत कारण र कारकको प्रष्ट पहिचान गरेर अबको मार्गचित्र तय गर्ने। नेपाली कांग्रेसले गम्भीर आत्मसमीक्षा र आत्ममुल्याङ्कन गर्दै सुविचारित ढंगबाट अबको बाटो तय गर्नेछ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ।

 

प्रकाशित मिति : शनिबार, पुष १६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij