प्रधानमन्त्री प्रचण्डद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय  विमानस्थलको उद्घाटन गर्नुभएको छ ।

आज आइतवार पर्यटकीय नगरी पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिकरूपमा उद्घाटन गर्नुभएको हो । कार्यक्रममा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेल लगायतको उपस्थिति रहेकाे छ ।

 

यसअघि पाेखरा क्षेत्रमा हेलिकप्टरमार्फत पुष्पवृष्टि गरिएको थियो । समारोहमा पोखरावासीकाे उत्साहजनक उपस्थिति रहेको छ ।

प्रकाशित मिति : आइतबार, पुष १७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij