पाल्पाको खुसार्नेमा बस दुर्घटना : एकै गाउँका ६ जना महिलाको ज्यान गयो, १८ जना घाइते

पाल्पाको खुसार्नेमा बस दुर्घटना : एकै गाउँका ६ जना महिलाको ज्यान गयो, १८ जना घाइते

file photo

पाल्पा – पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नम्बर ८ खुसार्नेमा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्नेका लागि छुटेको  यात्रुवाहक बस खुसार्ने पुग्नै लाग्दा राति १० बजेतिर मधुवन टारीफाँट नजिकै राधादी गैरामा दुर्घटना भएको हो ।

ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुसार्ने गाउँका ६ जना महिलाको ज्यान गएको हो । खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री र गुनी गाहाको ज्यान गएको वडा नम्बर ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिनुभयो । ज्यान गुमाउने सबै खुसार्ने गाउँका हुन् ।

ज्यान गुमाएकामध्ये एक जनाको भने परिचय खुल्न सकेको छैन । तीन जनाको शव दुर्घटनास्थलबाट बाहिर निकालिएको छ भने ३ जना बसले च्यापेको अवस्थामा रहेका प्रहरीले जनाएकाे छ ।

पाल्पा र रुपन्देहीका प्रहरी तथा स्थानीय बासिन्दाले उद्धार कार्य जारी राखेका स्थानीय प्रहरी चौकी जुठापौवाका वरिष्ठ हवल्दार लिलाबहादुर केसीले जानकारी दिनुभयो  । दुर्घटनामा घाइते भएका अन्य १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडाअध्यक्ष रानाले बताउनुभयो  । घटनास्थल सालझण्डी-९ढोरपाटन सडक खण्ड अन्तर्गत  रुपन्देहीको सालझण्डीदेखि झण्डै १० किलोमिटरको दूरीमा पर्दछ ।

प्रकाशित मिति : शुक्रबार, पुष २२ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij