प्रतिनिधिसभाको उपसभामुखमा इन्दिरा राना निर्वाचित

प्रतिनिधिसभाको उपसभामुखमा इन्दिरा राना निर्वाचित

काठमाण्डौ ।

प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभामा आज भएको मत विभाजनमा राना १ सय ६६ मतसहित विजयी हुनुभएको हो ।

उहाँको विपक्ष अर्थात् नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएकी मुक्ताकुमारी यादवको पक्षमा ९७ मत परेको छ । एकजना सांसद तटस्थ बसेका छन् । आजको मतदानमा २ सय ६४ जना सांसद सहभागी थिए ।

इन्दिरा राना मगरको प्रस्तावकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम तथा समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन हुनुहुन्थ्यो । यस्तै मुक्ताकुमारी यादवको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल रहनुभएको थियो ।

सन् २०१७ मा बीबीसीको १०० प्रभावशाली तथा प्रेरणादायी महिलाको सूचीमा अटाउनुभएकी इन्दिराले देशका विभिन्न जिल्लामा कैदीबन्दीका रूपमा रहेका आमाबुवाका छोराछोरीको लालनपालन तथा शिक्षामा सहयोग गर्दै आउनुभएको छ । उहाँ आफैले सन् २००० मा स्थापना गर्नुभएको बन्दी सहायता नेपाल नामक संस्थाले त्यस्ता बालबालिकाहरुको अधिकारको लागि लड्दै आएको छ ।

प्रकाशित मिति : शनिबार, माघ ७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij