बुटवल
शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था सेवा क्षेत्र नम्बर सातले आईतबार एक कार्यक्रम आयोजना गरि ब्चिलिङ पाउडर तथा घाँस काट्ने मेसिन बितरण कार्यक्रम सम्पन्न गरेको छ । सेवा क्षेत्र नम्बर सातका सबै उपभोक्ताहरुलाई पुग्ने गरि ब्लिचिङ पाउडर र चार वटा घाँस काट्ने मेसिन टोल विकास संस्थाको स्वामीत्वमा संरक्षण र परिचालन गर्ने गरि उपलब्ध गराईएको सेवा क्षेत्र नम्बर सातका संयोजक तथा कार्यक्रमका अध्यक्ष डोलराज भण्डारीले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष झविन्द्र भण्डारीले नेपालभरका खानेपानी संस्थाहरुमध्य पानी शुद्धीकरणमा पहिलो बन्न सफल भएको संस्थाको छबी कायम राख्न सेवा क्षेहरुँग सहकार्य गरि उपभोक्ताको घरघरमा ब्लिचिङ पाउडर वितरण गरिएको बताउनु भयो । संस्थाले खानेपानीसंगै सरसफाइमा पनि टोल शहरलाई हराभरा र आकर्षक बाताबरण सृजना गर्ने कार्य गरिरहेको हुँदा घाँस काट्ने मेसीन सहयोग गरिएको प्रमुख अतिथि भण्डारीले बताउनु भयो । उहाँले मानिसको स्वास्थ्यसंग जोडिएको खानेपानी र सरसफाइलाई हरेक व्यक्ति र संस्थाले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न समेत आग्रह गर्नु भयो ।
कार्यक्रममा शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका इन्जिनियर दिपक पाण्डेले बिश्वका हरेक देशहरुमा खानेपानी शुद्धिकरणका लागि ब्लिचिङ पाउडर प्रयोग गरिने बताउदै शंकरनगर खानेपानी संस्थाले पनि सोही पाउडर प्रयोग गरि पानी शुद्धिकरण गरेको बताउनु भयो । संस्थाबाट वितरण गरिएको पानी शुद्ध भएपनि उपभोक्ताको घरमा रहेको पानी ट्याङ्की फोहार भएका कारण पानीमा जिवाणुहरु सक्रिय भई पानीको शुद्धता नहुने हुन्छ । गर्मी समयमा पानी सप्लायी गर्ने पाइपहरु जडान गर्दा सीधा धारामा पानी नआउने हुन्छ । त्यो बेला उपभोक्ताले घरमा भएको ट्याङ्कीको पानी प्रयोग गर्न सक्नुहुने छ भन्ने उद्धेश्यले ब्लिचिङ्ख पाउडर वितरण गरिएको बताउनु भयो । ब्लिचिङ्ख पाउडर १ वाल्टी पानीमा ०.२ देखि ०.३ ग्रामसम्म ,एक हजार लिटरको पानी ट्याङ्खीमा चार सय ग्राम र पाँच सय लिटरको ट्याङ्कीमा दुई सय ग्राम प्रयोग गर्न सकिने र पाण्डर प्रयोग गरेको तिस मिनेट पछि खानेपानी प्रयोग गर्न सकिने इन्जिनियर पाण्डेले बताउनु भयो ।
कार्यक्रमका अतिथि तिलोत्तमा नगरपालिका वडा नम्बर ३ का वडा सदस्य एवं नगर कार्यपालिका सदस्य नारायण क्षेत्रीले शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले वडा नम्बर तिनका नागरिलाई शुद्ध खानेपानी तथा सरसफाइमा ध्यान दिदै ब्लिचिङ पाउडर र घाँस काट्ने मेसिन प्रदान गरि सरानिय कार्य गरेकोमा संस्थाप्रति आभार व्यक्त गर्नु भयो । उहाँले खानेपानी संस्थासँग अन्य कार्यहरु पनि सहकार्य गर्न तिलोत्तमा नगरपालिका वडा नम्बर तिन सदैव संगै रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि अतिथिहरुलाई स्वागत गर्दै शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कार्यसमिति सदस्य एवं सेवा क्षेत्र नम्बर सातका पार्संद केशरी पाण्डेले खानेपानी संस्थाको माताहतमा रहेका सात वटा सेवा क्षेत्रहरु मध्य क्षेत्र नम्बर सातबाट वितरण कार्य सुरु गरिएको बताउदै यो कार्यक्रमले उपभोक्तासँग समन्वय र सहकार्य गर्न सहयोग पुग्नेमा जोड दिनु भयो ।
सेवा क्षेत्र नम्बर सातका संयोजक डोलराज भण्डारीको अध्यक्षता,पार्सद द्धय केसरी पाण्डेको स्वागत तथा विकास शर्माको संचालनमा सम्पन्न कार्यक्रममा डिङ्गरनगर दुरगामी बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष घनश्याम तिवारी, शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका उपाध्यक्ष केशव शर्मा तिवारी ,जागृति टोल विकास संस्थाका अध्यक्ष दिनेश पाण्डे लगायतले बोल्नु भएको थियो ।
प्रकाशित मिति : सोमबार, माघ १६ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्