काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।
आज बिहान भएको भेटमा मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको छ। नागरिकता विवादमा पदमुक्त भएपछि प्रधानमन्त्रीसँगको रविको यो दोस्रो भेट हो।
आइतबार पुनः नागरिकता लिएपछि रवि प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए। भेटमा गृहमन्त्री आफ्नो भागमा पाउनु पर्ने रास्वपाले माग गर्दै आएको छ। तर, प्रधानमन्त्री प्रचण्डले भने तत्काल आफ्नो मातहतमा रहने जानकारी दिएका छन्।
एमालेले भने सहमति अनुसार नै राष्ट्रिय स्वतन्त्र पार्टीले गृह पाउनु पर्ने दबाब दिँदै आएको छ। तर माओवादी भने तत्काल नदिने मुडमा छ। यसले गर्दा सरकारमा खटपट देखिने संकेत देखिएको छ।
माओवादीले राष्ट्रपतिमा एमालेलाई नसघाउने संकेत गरेपछि एमाले माओवादीसँग सशंकित हुँदै आएको छ।
प्रकाशित मिति : मंगलबार, माघ १७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्