रुपन्देहीमा ट्रकमा कार ठाेक्किँदा एक जनाको ज्यान गयो, दुई जना घाइते

रुपन्देहीमा ट्रकमा कार ठाेक्किँदा एक जनाको ज्यान गयो, दुई जना घाइते

file photo

रुपन्देही – रुपन्देहीमा गएराति राेकिराखेकाे ट्रकमा कार ठाेक्किँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । दुर्घटनामा तनहुँको भिमाद नगरपालिका-५ का २१ वर्षीय हरिश तिवारीको ज्यान गएको प्रहरीले जनाएको छ ।

नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ का ३९ वर्षीय वासु घिमिरे र त्यही ठाउँका १६ वर्षीय दिपेश घिमिरे घाइते हुनुभएको छ । घाइतेको भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवलबाट भैरहवाका लागि छुटेको लु २ ख ६०३८ नम्बरको बस र ग १ च ३७१३ नम्बरको कार अञ्चलपुरको सडकमा रोकिराखेको लु २ ख ६०६ नम्बरको ट्रकमा ठोक्किएपछि दुर्घटना भएको हो ।

दुर्घटनामा ज्यान गुमाएका तिवारी बसका सहचालक रहेका प्रहरीले जनाइएको छ ।

प्रकाशित मिति : सोमबार, माघ २३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij