उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु, जनमत र नागरिक उन्मुक्ति गएन

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु, जनमत र नागरिक उन्मुक्ति गएन

काठमाडौं : सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संयोजक रहेको संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति सभापति रवि लामिछाने सहभागी छ।

सरकारमा सम्मिलित जनमत पार्टी बैठकमा सहभागी छैन्। यस्तै सदूरपश्चिम सरकार ढाल्न निर्णायक बनेको नागरिक उन्मुक्ति पार्टी पनि बैठकमा गएन। उसले सरकार बनाउन समर्थन गरे पनि जेलमा रहेका रेशम चौधरीलाई छुटाउनु पर्ने मुख्य माग राख्दै आएको छ।

यसअघि हिजो दिउँसो ३ बजेको लागि तय भएको संयन्त्रको बैठक अन्तिम समयमा स्थगित भएको थियो। संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयन्त्रका संयोजक ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको थियो।

बैठकमा गठबन्धनलाई जोगाएर लैजाने विषयमा छलफल हुनेछ। सत्तारुढ प्रमुख घटक नेकपा एमालेको हिजो बसेको सचिवालय बैठकले चुनौति भएपनि गठबन्धन जोगाएर जानुपर्ने निष्कर्ष निकालेको थियो।

बैठकमा राष्ट्रपतिको उम्मेदवार र राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउने विषयमा छलफल हुनुका साथै सुदूरपश्चिम सरकार विघटनबारे समीक्षा हुने बताइएको छ।

प्रकाशित मिति : शुक्रबार, माघ २७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij