बुटवलको ६४औं स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम

बुटवलको ६४औं स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम

बुटवल- बुटवल उपमहानगरपालिकाको ६४औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम शुरु भएका छन् ।
स्थापना दिवसको अवसर पारेर शुक्रबारदेखि एक सातासम्म रक्तदान, मैत्रीपूर्ण फुटबल, भलिबल, टेबलटेनिस, घैटोफोर, कुर्ची दौड प्रतियोगितालगायतका कार्यक्रम शुरु भएका हुन् ।
शुक्रबार बिहान नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाइ समितिको आयोजनामा रक्तदान कार्यक्रम भएको छ ।
रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख खेलराज पाण्डेयले स्थापना दिवसको अवसरमा कर्मचारी एशोसिएशनको आयोजनामा खेलकुद कार्यक्रमहरु हुने र फागुन ३ गते मूल कार्यक्रम आयोजना हुने बताउनुभयो । उहाँले मैत्रीपूर्ण खेलकुद कार्यक्रमहरुले मैत्रीपूर्ण भाव सिर्जना गर्ने र सम्बन्ध बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।
उपप्रमुख सावित्रादेवी अर्यालले सिर्जनात्मक कार्यक्रमले आपसी सम्बन्ध बलियो बनाउन मदत पु¥याउने बताउनुभयो ।
रक्तदान कार्यक्रममा ६४ पिन्ट रगत संकलन भएको कर्मचारी एशोसिएशनका अध्यक्ष अनिल कुमार माण्डब्यले जानकारी दिनुभयो ।
सप्ताहव्यापी कार्यक्रमअन्तरगत शुक्रबार अन्तरपालिका महिला भलिवल प्रतियोगिता शुरु भएका छन् । शनिबार रुपन्देही जिल्लाका १५ पालिका तथा पाल्पाको तिनाउ गाउँपालिकाका प्रमुख, उपप्रमुखसहितको टीमसँग बुटवल उपमहानगरपालिकाका प्रमुख, उपप्रमुखसहितको टीमबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरेको माण्डव्यले बताउनुभयो ।
यस्तै आइतबार बिहान नेपाल पत्रकार महासंघ रुपन्देही र राजनैतिक दलहरुका बीचमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता, महिला र पुरुष कर्मचारीबीच खुला टेबलटेनिस प्रतियोगिता, फागुन १ गते महिला जनप्रतिनिधि र महिला कर्मचारीबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता, अन्तर महाशाखा पुरुष भलिबल प्रतियोगिता कार्यक्रम रहेको ठगिश्वर पोखरेलले बताउनुभयो ।
यस्तै फागुन २ गते महिला, पुरुष जनप्रतिनिधि र कर्मचारीबीच घैटोफोर, कुर्सी दौडलगायतका कार्यक्रम आयोजना गरेको उहाँले बताउनुभयो ।
फागुन ३ गते उपमहानगरपालिकाले स्थापना दिवसको मूल समारोह कार्यक्रम आयोजना गरेको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो ।
मुल समारोहमा उत्कृष्ट कर्मचारी, करदाता, विभिन्न क्षेत्रका व्यक्तिहरुलाई पुरस्कार वितरण र सम्मान गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : शुक्रबार, माघ २७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij