काठमाण्डाै – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक २०७९ संसदमा पेस गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विधेयक पेस गर्नुभएको हो । विधेयकको विरोधमा राप्रपा र नेपाल मजदुर किसान पार्टीले विरोधको सूचना दर्ता गराएका छन् । उनीहरूले द्वन्द्वकालमा गम्भीर मानव अधिकारको उल्लङ्घन गरेका घटना र फौजदारी अभियोगका घटनालाई पनि मिलापत्र गर्न लागिएको भन्दै आपत्ति जनाएका छन् ।
प्रकाशित मिति : आइतबार, चैत्र ५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्