प्रचण्डलाई भोट दिएर सरकारमा जाने नेकपा एसको निर्णय

प्रचण्डलाई भोट दिएर सरकारमा जाने नेकपा एसको निर्णय

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ।

 

 

आइत्बार बसेको सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिँदै सत्तापक्षमा बस्ने निर्णय गरेको पवक्ता जगन्नाथ खतविडाले जानकारी दिए। प्रतिनिधिसभामा एकीकृत समाजवादी पार्टीका १० जना सांसद रहेका छन्।

बैठकले सरकारमा जाने विषयमा कुनै निर्णय गरेको छैन। मन्त्रालयको संख्या यकिन गरेर मात्र सरकारमा जाने विषयमा निर्णय लिने उनले बताए।

सरकारमा जाने नजाने भन्ने विषयमा टुंगोमा पगिएको छैन्। छलफल अगाडि बढाउने निर्णय गरेका छौं,’ उनले भने, ‘सत्तापक्षमा बस्ने भनेपछि सरकारमा जाने दिशामा लागिहालियो। त्यसका लागि कुन पोर्टफोलियोमा जाने, कति संख्यामा जाने, कुन मन्त्रालयमा जाने? संघ र प्रदेश सरकारबारे छलफल गर्नुपर्ने भएकाले यो छलफलका क्रममा रहेको छ।’

एकीकृत समाजवादी पार्टीले गृहसति तीन वटा मन्त्रालयमा दाबी गर्ने तयारी गरेको छ। यसअघि उपाध्यक्ष राजेन्द्र पाण्डेले गृहसहित तीन वटा मन्त्रालयमा आफूहरूको दाबी रहने बताएका थिए।

प्रकाशित मिति : आइतबार, चैत्र ५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij