रुपन्देहीका तीन वटा क्याम्पसमा नेविसङ्घ र दुई वटामा अनेरास्ववियु विजयी

रुपन्देहीका तीन वटा क्याम्पसमा नेविसङ्घ र दुई वटामा अनेरास्ववियु विजयी

रुपन्देही – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव अन्तर्गत रुपन्देहीका ६ वटामध्ये पाँच वटा क्याम्पसको नतिजा सार्जनिक भएको छ । पाँच वटामध्ये तीन वटा क्याम्पसकाे सभापतिमा नेपाल विद्यार्थी सङ्घ र दुई वटा क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार  निर्वाचित भएका छन् ।

यज्ञोदय क्याम्पस फर्साटिकरको सभापतिमा नेविसङ्घका महेश चौधरी, छपिया जनता कलेजकाे सभापतिमा अभिषेक कुमार यादव र शहीद नारायण पोखरेल रामापुर क्याम्पसकाे सभापतिमा मनोज बेल्वासे निर्वाचित भएका छन् ।

यस्तै, हरैया बहुमुखी क्याम्पसमा अनेरास्ववियुका प्रदीप सापकोटा र देवदह आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुकै अर्जुन गैरे सभापतिमा निर्वाचित भएका हुन् ।

बुटवल बहुमुखी क्याम्पसमा भने मतगणना भइरहेकाे छ ।

प्रकाशित मिति : सोमबार, चैत्र ६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij