काठमाडौँ
सत्ता गठबन्धनमा शीर्ष नेताहरुले मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे फेरि मंगलबार अपराह्नसम्मको भाखा राखेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार बिहान भेटवार्ता भएको थियो उक्त भेटघाटपछि मन्त्रिपरिषद विस्तारका लागि मंगलबार दिउँसो ४ बजे सत्ता गठबन्धनको बैठक बोलाउने समझदारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहाल एक्लैले १६ वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । सत्ता गठबन्धनबीच कसले कुन मन्त्रालय पाउने भन्ने अन्तिम भागबन्डा नभएको र दलभित्रै पनि कसलाई मन्त्री बनाउने भन्ने निष्कर्षमा दलहरु नपुग्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भइरहेको छ ।
प्रकाशित मिति : सोमबार, चैत्र १३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्