तिलोत्तमा,१८ चैत,
तिलोत्तमा नगरपालिका मा रहेको जानकीनगर आमा समूह ले दुई दिने कौसी तथा करेसाबारी तरकारी खेती कृषि तालिम सम्पन्न गरेको छ । तिलोत्तमा नगरपालिका वडा नं तीन का वडाध्यक्ष कल्याण प्रसाद पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगरपालिका का कृषि शाखाका अधिकृत दोमलाल भुसाल ले कमै मात्र समूहले कृषि संग सम्बन्धित कार्यक्रम गर्ने गरेको बताउनुभयो । उहाँले करेसाबारी, भान्सा र आमाको त्रिपक्षिय महत्व लाई झनै प्रभाबकारी रुपमा बुझ्न आबश्यक रहेको बताउनुभयो। सो अवसरमा अर्का प्रशिक्षक राम प्रसाद खनाल ले करेसाबारी तथा कौसीमा लगाएका तरकारी तथा फलफूल हरु लगाउने तरिका,रोग किरा लाग्ने अबस्था तथा रोकथामका उपायहरु एवं तरकारी तथा फलफूलमा चाहिने पौष्टिक तत्वका बारेमा तालिममा सहजिकरण गर्नुभएको थियो। दुई दिन सम्म संचालन भएको तालिम तिलोत्तमा नगरपालिका वडा नं तीन को सहयोगमा संचालन भएको हो । समापन कार्यक्रममा सहभागी को तर्फबाट सरीता अर्याल,मेनका श्रेष्ठ र खुमा गीरीले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न प्रयास गर्ने बताउनुभयो । समूहका अध्यक्ष मन्जु गौतमको अध्यक्षतामा भएको कार्यक्रम सचिव कल्पना शर्माको संचालनमा सम्पन्न भएको छ
प्रकाशित मिति : शनिबार, चैत्र १८ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्