शासकीय स्वरुप र संघीयतामा जनताको भावना कदर नगरे व्यवस्था खतरामा : सांसद पन्थी

शासकीय स्वरुप र संघीयतामा जनताको भावना कदर नगरे व्यवस्था खतरामा : सांसद पन्थी

 

बुटवल २ बैशाख

लुम्बिनी प्रदेशका सांसद दिनेश पन्थीले मुलुकमा राजनितिक र आर्थिक स्थिरताका लागि प्रमुख दलहरुबीच सहकार्य जरुरी रहेको औल्याउनु भयो ।

हिजो देखि देशका विभिन्न परिवर्तन र त्यसलाई स्थापित गर्न कांग्रेस एमाले लगायत मुख्य दलहरुबीच सहकार्यको स्मरण गर्दै आज पनि प्रमुख राजनितिक दलको सहकार्य आवश्यक रहेको सांसद पन्थीले बताउनु भयो ।

दलहरु बिचको खिचातानीले प्राप्त उपलब्धीहरु खतरामा पर्न लागेको र यसको मौका छोपेर एजेण्डा बिहिन शक्तिहरु र परिवर्तन नचाहने शक्तिले टाउको उठाउन थालेकाले जनस्तर बाट पनि दबाब सिर्जना गर्नुपर्ने उहाँले जोड दिनु भयो् ।

गुल्मी सिर्सेनी सम्पर्क समाज रुपन्देहिले आज बुटवलमा गरेको भित्तेपात्रो बिमोचन नयाबर्षकोे शुभकामना आदान प्रदान कार्यक्रममा सांसद पन्थीले अब राजनितिक दलहरुले शासकिय ब्यवस्था र संघीयता प्रती जनताको अहिलेको दृष्टिकोण जुन छ यदी यसलाइ समयमै सम्बोधन गर्न नसके बर्तमान ब्यवस्थानै खतरामा पर्ने जिकिर गर्नु भयो ।

प्रकाशित मिति : शनिबार, बैशाख २ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij