बुटवल,२ वैशाख ।
रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको घर पछाडि राखिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
नेपाली कांग्रेस रुपन्देहीका उपसभापति समेत रहेका अध्यक्ष घिमिरेको सियारी–६ स्थित घरको पछाडिपट्टि सिमेन्टको बोराभित्र राखिएको बम शनिबार दिउँसो १२ बजेतिर नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो ।
बम राखेको ठाउँमा मधेश पिपुल्स पार्टीको नाममा पर्चाहरु भेटिएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
घटनाबारे आवस्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, बैशाख २ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्