पाल्पा,
पाल्पाको झुम्सा नजिकै बस र स्कुटर ठाेक्किदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्युु हुनेमा पाल्पाको बगनासकाली गाउँपालिका-६, यम्घाका ४३ वर्षीय रामचन्द्र न्यौपानेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ४८४७ नम्बरको बससँग सोही दिशातर्फ जाँदै गरेको लु ७७ प १९६ नम्बरको स्कुटर ठाेक्किदा स्कुटर सवार न्याैपानेकाे घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लकाअनुसार बसलाई उछिन्ने क्रममा बससँग ठोक्किँदा न्यौपानेको मृत्यु भएको हो । दुर्घटना गराउने बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, बैशाख ८ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्