सियारी
रुपन्देहीको सियारी गाउँपालिकाले मुस्लिम समुदायको पर्व रमजानको अवसरमा मस्जिदमै पुगेर फलफूल वितरण गरेको छ ।
मुस्लिम समुदायको पर्व रमजानमा सियारी गाउँपालिकाले पालिकाभित्रका सबै मस्जिदमा पुगेर फलफूल वितरण गरेको हो ।
सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु, वडा अध्यक्षहरु दीपक बहादुर शाही, श्रीराम यादव, रामचन्द्र कुर्मीलगायतले पालिकाभित्र रहेका ८ वटा मस्जिदमा पुगेर एउटा मस्जिदलाई ५ हजार बराबरको फलफुल प्रदान गरे ।
सो अवसरमा स्याउ, केरा, सुन्तला र खरबुजा लगायतका फलफूल प्रदान गरिएको गाउँपालिका का अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।
उनले स्थानीय सरकारले सबै धर्म र समुदायलाई समान व्यवहार गर्ने उल्लेख गर्दै सबै धर्म, वर्ग र समुदायको साथमा स्थानीय सरकार रहेको उल्लेख गरे । अध्यक्ष घिमिरेले स्थानीय सरकारले आगामी दिनमा पनि अन्य धर्म र समुदाय विशेषका पर्वलाई पनि ध्यानमा दिएर काम गर्ने बताए ।
प्रकाशित मिति : शनिबार, बैशाख ९ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्