काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी आज स्वदेश फर्किने भएका छन्।
भारतको मुम्बइस्थित नेशनल बर्न अस्पतालमा उपचाररत भण्डारी आज नेपाल वायुसेवा निगमको मुम्बई–काठमाण्डौं नियमित उडानबाट स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ।
अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ। बाँकी उपचार भण्डारीले नेपालमा नै गर्नेछन्।
प्रतिनिधिसभा सदस्य समेत रहेका भण्डारी फागुन ३ गते स्वदेशमै प्रारम्भिक उपचारपछि डाक्टरहरूको सल्लाहमा भारत गएका थिए। ग्यास लिक भएर भण्डारी घाइते भएका थिए।
प्रकाशित मिति : आइतबार, बैशाख १७ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्