काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। उनले सोमबार साँझ ६ बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाएको उपसभामुख इन्दिरा राना मगरले जानकारी दिइन्।
‘बैठकको अन्य एजेन्डा भनिएको छैन। अस्तिकै बैठकको निरन्तरता भनिएको छ। बाँकी कार्यसूचीबारे केही भनिएको छैन,’ उनलेभनिन्।
शनिबार प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो। उक्त भेटपछि बैठक बोलाइएको हो। भोलिको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल हुने बताइएको छ।
प्रकाशित मिति : आइतबार, बैशाख २४ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्