रोहिणीमा अवैध उत्खनन् रोक्न खोज्दा अवरोध ; रोहिणी गाउँपालिका

रोहिणीमा अवैध उत्खनन् रोक्न खोज्दा अवरोध ; रोहिणी गाउँपालिका

सरकारी काममा अवरोध गर्नेलाई कारवाहीको माग

भैरहवा

रुपन्देहीको रोहिणी गाउँपालिकाले अवैध रुपमा माटो उत्खनन् भएको जानकारी प्राप्त भएपछि अनुगमन गर्न जाँदा अवरोध भएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बुधबार विज्ञप्ती जारी गर्दै अनुगमनका क्रममा गाउँपालिका कार्यालयको गाडीलाई अवरोध गर्ने अभिप्रायले सडकमा पानी टंयाकर तथा ट्याक्टर तेस्र्याई गाडी रोकेको एवं नाराबाजी तथा गालीगलौज गर्दै सरकारी कामकाजमा बाधा उत्पन्न गरी अभद्र व्यवहार प्रदर्शन गरिएकोप्रति गम्भीर ध्यानकर्षण भएको बताएका छन् । रोहिणी गाउँपालिका वडा नम्बर १ स्थित बेनीपुरमा अवैध रुपमा माटो उत्खनन् भएको भन्ने जानकारी प्राप्त भएपछि अनुगमनमा पुगेको अध्यक्ष यादवले बताए ।

‘गाउँपालिका अध्यक्ष यादवको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीहरुसमेतको टोली वैशाख २६ गते मंगलबार बेनीपुर पुगेको थियो, ’विज्ञप्तीमा भनिएको छ ।

‘गाउँपालिकाले गत वैशाख २१ गते सूचना जारी गर्दै सातैवटा वडाअन्तर्गत पोखरी निर्माण तथा निजी एवं घरायसी प्रयोजनबाहेक कुनै किसिमको माटो उत्खनन्, विक्रीवितरण तथा ढुवानी निकासी कार्य सूचना जारी भएको मितिदेखि लागू हुने गरी अनुमति बन्द गरेको छ । तर, यो सूचनालाई अटेर गर्दै अवैध रुपमा माटो उत्खनन् गर्नु कानूनविपरीत हो । अनुगमन तथा निरीक्षणका लागि गएको टोलीलाई अवरोध गर्ने कार्यप्रति घोर भत्र्सना गर्दछौं, ’विज्ञप्तीमा उल्लेख छ ।

घटनास्थलमा सुरक्षा निकायबाट पनि हुनुपर्ने जति सहयोग हुन नसकेको विज्ञप्तीमा उल्लेख छ । सरकारी काममा बाधा विरोध गरी अभद्र व्यवहार गर्ने व्यक्तिहरुलाई कानूनी दायरामा ल्याउन प्रहरी प्रशासनसँग गाउँपालिकाले आग्रह गरेको छ । ‘आगामी दिनमा यस्ता घटना नदोहोर्याउन सम्बन्धित पक्षलाई आग्रहसमेत गर्दछौं, ’विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति : बुधबार, बैशाख २७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij