सांसदहरूले आपत्ति जनाएपछि एमाले सांसद शाहीले बोलेका शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन

सांसदहरूले आपत्ति जनाएपछि एमाले सांसद शाहीले बोलेका शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन

 

काठमाडौँ,७ जेठ ।
प्रतिनिधसभाका सभामुखले नेकपा (एमाले) का सांसद दयालबहादुर शाहीले बोलेका शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारको आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद शाहीले संसदीय मर्यादा उल्लंघन हुने शब्द बोलेको भन्दै सांसदहरूले आपत्ति जनाएपछि सभामुखको पदमा आसिन उपसभामुख इन्दिरा रानामगरले ती शब्द रेकर्डबाट हटाउन निर्देशन दिएकी हुन् ।
सांसद शाहीले कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री बद्री पाण्डेको नाम लिएर सत्ता स्वार्थको निम्ति बीपीको सिद्धान्त छोडेको, अनुशासन र आस्था छोडेको तथा अहिले कांग्रेसका ती नेता असहिष्णु र युवालाई आस्थाबाट विमुख गराएको आरोप लगाएका थिए । त्यस्तै माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले अवसर मात्रै छोप्ने गरेको र त्यसको पछाडि कांग्रेसका नेताहरू लागेको शाहीले आरोप लगाएका थिए । सांसद शाहीले जातीसूचक शब्द पनि बोलेका थिए ।

त्यसपछि कांग्रेस सांसद ईश्वरी न्यौपानेले नियमापत्ति जनाएकी थिइन् । ’हामी संसद्मा छौं । संसद्मा बोल्दै गर्दा मर्यादित भाषामा बोल्नुपर्छ,’ न्यौपानेले भनिन्, ’संसद्मा सभामुखमार्फत सुनाउनुपर्ने हुन्छ व्यक्तिलाई भन्नुहुन्न । बोलिराख्नुहुने सांसदले हाम्रो दर्शन र विचारलाई अगाडि राख्दै प्रत्येक माननीयको नाम टिप्दै दर्शन पढाइराख्नुभएको छ । हामी संशोधनमा बोलिराखेका छौं कि पार्टी र व्यक्तिका विषयमा बोलिराखेका छौं ?’ त्यसपछि उनले सांसद शाहीले बोलेका शब्द रेकर्डबाट हटाउन माग गरेकी थिइन् ।
सभा संचालन गरिरहेकी मगरले ध्यानाकर्षण गरेको भनेपछि सत्तापक्षका सांसदहरूले सिटबाट उठेर आपत्ति जनाएका थिए । एमालेका सांसदहरू पनि आफ्नो सिटबाट उभिएर सांसद शाहीको पक्षमा उभिएका थिए ।

सांसद शाहीले भने आफूभन्दा पहिले बोल्ने सांसदहरूले पनि अन्य सांसदका नाम लिएर बोलेको भन्दै आफ्नो बोलीको बचाउ गरेका थिए । कांग्रेस सांसदहरूले भने नीति तथा कार्यक्रमको कुन विषयमा केन्द्रित भएर सांसद शाही बोलेको हो भनि प्रश्न गरेका थिए ।
सभामुखले यस विषयमा ध्यानाकर्षण भएको छ भनेर सम्झाउँदा सांसदहरूले उठेर झन् विरोध गरेका थिए । त्यसपछि सभा संचालन गरिरहेकी उपसभामुख रानाले सांसद शाहीले बोलेको शब्द सुनी रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन गरेकी थिइन् ।

प्रकाशित मिति : आइतबार, जेष्ठ ७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij