दाङ
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले संघीय सरकारले पूर्ण रूपमा अधिकार नदिदा संघीयता कार्यान्वयनमा चुनाैति थपिएको बताएका छन् ।
१६ औ गणतन्त्र दिवसको अवसरमा राप्ती उपत्यका देउखुरीमा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री चाैधरीले
उक्त कुरा बताएका हुन् ।
केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई तोके अनुसारको अधिकार दिन नसकेको भन्दै मुख्यमन्त्री चाैधरीले प्रदेश सरकारमा पूर्ण अधिकार नआउँदासम्म गणतन्त्र संस्थागतमा चुनौति थपिइरहेको बताए । संघीय सरकारले कुनै न कुनै अधिकार दिन कन्जुस्याइँ गरेकोले गणतन्त्र संस्थागत हुन नसकेको भन्दै उनलेे अधिकार प्राप्तीको लडाइ जारी रहेको बताए ।
अहिले पनि तहगत रुपमा संविधानले तोकेको अधिकारहरु प्राप्त हुन नसकेको भन्दै मुख्यमन्त्री चाैधरीले त्यसले गणतन्त्र संस्थागत हुन नसक्नुकासाथै जनताको अपेक्षा पूरा गर्न नसकिने बताए ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तीन तहकै सरकार जिम्मेवार बन्नु पर्ने बताए । गणतन्त्रको उपलब्धीलाई तल्लो तहसम्म पु¥याउन सके मात्रै गणतन्त्रामा सबैको अपनत्व बढ्ने भन्दै उनलेे संघीय सरकारले प्रदेश र स्थानीय तहको अधिकारमा हस्तक्षेप गर्न नहुनेमा जाेड दिए ।
आन्तरिक मामिला कानुन तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेले गणतन्त्र चन्दा चिठ्ठा र दानमा प्राप्त नभएको भन्दै यसकाे महत्व ठूलो रहेको बताए ।
कार्यक्रमममा विभिन्न प्रतियोगितामा सहभागि र विजेता टोलीलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।
प्रदेश सरकारले गणतन्त्र दिवस तीन दिनसम्म औपचारिक कार्यक्रम गरेर मनाइरहेको छ ।
आइतबार सांस्कृतिक कार्यक्रम र प्रतियोगिता गरेको प्रदेश सरकारले सोमबार मूल समारोह आयोजना गरि दिवस मनाएकाे हो । तीन दिवसीय कार्यक्रम अन्तर्गत मंगलबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम रहेको छ ।
मुख्यमन्त्री चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभामुख, मन्त्रीहरु, सचिव, कर्मचारी, अन्य निकायका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : सोमबार, जेष्ठ १५ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्