भारतले गौतमबुद्ध विमानस्थलमा ‘आईएलएस’ सञ्चालनको अनुमति दियो

भारतले गौतमबुद्ध विमानस्थलमा ‘आईएलएस’ सञ्चालनको अनुमति दियो

काठमाण्डाै – भारतले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणको सहायतामा जहाज अवतरण  अर्थात् इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम आईएलएस सञ्चालनको अनुमति दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा महेन्द्रनगर प्रवेश बिन्दुको हवाई रुटबारे सहमति नभए पनि गौतमबुद्ध विमानस्थलमा आईएलएस सञ्चालनका लागि भने भारतले सहमति दिएको हो ।

यसअघि भैरहवामा आईएलएस सञ्चालनको अनुमति नहुँदा कुहिरो लाग्दा वा अरु कुनै कारणले रन वे नदेखिँदा जहाज अवतरण हुन पाउँदैन थिए । जसका कारण विभिन्न देशबाट काठमाण्डौका लागि आएका जहाज काठमाण्डौमा अवतरण हुन नसकेमा भारत या अरु देशमा जानुपर्थ्याे । अब भने भारत हुँदै भैरहवा आउने जहाजले उपकरणकै सहायतामा अवतरण गर्नेछन् ।

यस्तै, सीमा क्षेत्रको भारतीय आकाशमा जहाज जाँदा पनि भारतको अनुमति लिइरहनु पर्नेछैन ।

आईएलएस सञ्चालनको अनुमतिसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण सहज हुनेछ ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ १८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij