काठमाण्डाै – नारायणगढ–मुग्लिन सडक खण्ड झन्डै पाँच घण्टापछि सञ्चालनमा आएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मा रहेको तुइन खोला नजिकै बिहान साढे ११ बजे पहिरो खसेपछि बन्द भएको सडक सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ । सडकमा झरेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो ।
अस्ति बिहीवार दिउँसो पहिरो झरेपछि सडक बन्द हुने र खुल्ने क्रम चलिरहेको छ । बिहीवार दिउँसोपछि हिजो बेलुका ५ बजेमात्रै खुलेको सडक आज बिहान सवा ३ बजे पहिरो झरेपछि पुन: बन्द भएको थियो । त्यसलाई पन्छाएर सडक सञ्चालनमा ल्याएको केहीबेरमै पुनः पहिरो झरेपछि सडक अवरुद्ध भएको थियो ।
सडक सञ्चालनमा आए पनि पहिरो झर्ने क्रम कायमै रहेकाले सावधानीपूवर्क गाडी चलाउन सडक डिभिजन भरतपुरले आग्रह गरेको छ । सडक बन्द हुने र खुल्ने क्रम चल्दा धेरै गाडी लाइनमा रहेकाले सकेसम्म वैकल्पिक सडक प्रयोग गर्न जिल्ला ट्राफिक कार्यालय भरतपुरले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, असार १६ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्