काठमाण्डाै – सरकारले सासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एसियाली विकास बैंक (एडीबी) बाट परियोजना सहायताको रूपमा तीन सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार्ने निर्णय गरेको छ ।
अस्ति मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठककाे निर्णय आज बिहीवार सार्वजनिक गर्दै सरकारी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले याे जानकारी दिनुभयाे ।
यसैगरी भन्सार तथा लजिस्टिक्स सुधार कार्यक्रमअन्तर्गत एडीबीबाट बजेटरी सहायताको रूपमा प्राप्त हुने ५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।
बैठकले एमसीए नेपालले निर्माण गर्ने विद्युत् प्रसारण लाइन तथा सबस्टेशनका लागि सिन्धुपाल्चोक, पाल्पा र नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाका जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय पनि गरेकाे प्रवक्ता शर्माले बताउनुभयाे ।

प्रकाशित मिति : बिहिबार, असार २१ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्