कतारबाट अवैधरूपमा सुन ल्याउने काममा संलग्न १२ जना पक्राउ

कतारबाट अवैधरूपमा सुन ल्याउने काममा संलग्न १२ जना पक्राउ

काठमाण्डाै – काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विदेशबाट अवैधरूपमा सुन ल्याउने काममा संलग्न १२ जनालाई पक्राउ गरी आज साेमवार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–५ का २५ वर्षीय रामदेव महरा, सिरहाको सिरहा नगरपालिका–१७ का २४ वर्षीय धर्मदेव यादव र कपिलवस्तुको शुद्धोधन नगरपालिका–६ का २३ वर्षीय धर्मप्रसाद मुराउ रहेका छन् ।

यसैगरी धनुषाको जनकपुरधाम–५ का ३४ वर्षीय नरेश पञ्जियार, बाँकेको राप्ती सोनारी–५ का ३६ वर्षीय लालबहादुर वली, सप्तरीको बलामबिहु–२ का २७ वर्षीय किसुनलाल साहु तेली, बलामबिहु–१ का ३५ वर्षीय विनोदकुमार शाह र बलामबिहु–६ का २२ वर्षीय आशाराम यादवलाई पनि प्रहरीले पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

यसैगरी सुन सङ्कलन गर्ने क्रममा पक्राउ पर्नेमा विनोदसहित सञ्जुकुमारी शाह, दुर्गाप्रसाद यादव र देवानन्द शाह रहेका छन् । प्रहरीले सिरहाका मोहनकुमार यादवलाई पनि पक्राउ गरेको छ । उनले शिवसुन्दर राउतको खातामा रकम हाल्ने र झिक्ने गरेको खुलेको जनाइएको छ ।

कतारबाट वैदेशिक रोजगारीबाट फर्केका पाँच जनासहित १२ जनालाई आज सार्वजनिक गरिएको हो । वैदेशिक रोजगारीमा रहेकाहरूले सिरहाको रितेश जनरल स्टोरका सञ्चालक शिवसुन्दर राउतको अवैध सुन बोकेर ल्याएको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकमार केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिवसुन्दरले अवैध सुन ल्याउनका लागि लामो समयदेखि वैदेशिक रोजगारीमा रहेकाहरूलाई परिचालन गर्दै आएको खुलेको र सन् २०१९ देखि उनको खातामा एक अर्ब ९६ करोड रुपैयाँको कारोबार देखिएको छ ।

शिवसुन्दर राउतलाई प्रहरीले सिरहाबाटै पक्राउ गरेको तथा सिनामङ्गलमा बी हिमालयन स्पायर होटल सञ्चालन गर्दै आएका विनोदकुमार शाहलाई पनि प्रहरीले पक्राउ गरेको आजको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको थियो ।

तस्करी गर्नेहरूले पाँच हजारदेखि १० हजार रुपैयाँ दिएर वा होटलमा निःशुल्क बस्ने सुविधा दिएर श्रमिकलाई सुन बोकाउने गरेको प्रहरीको दाबी छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउँदा सानो–सानो मात्रामा सुनको तस्करी भइरहेको गोप्य सूचनाका आधारमा निगरानी बढाउँदा पछिल्लो पटक विदेशबाट आउने पाँच जनाको साथबाट आठ सय २८ ग्राम सुन बरामद भएको प्रहरी वरिष्ठ उपरीक्षक डा. केसीले बताउनुभयो

।

प्रकाशित मिति : सोमबार, असार २५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij