तिलोत्तमा -रुपन्देहीको तिलोत्तमा नगरपालिकाले संस्थागत विद्यालयहरुले नियम अनुसार उपलब्ध गराउनुपर्ने छात्रवृत्ति विवरण र विद्यार्थीहरुबाट उठाउने शुल्कको विवरण बुझाउन संस्थागत विद्यालयहरुलाई पत्रचार गरेको छ ।
मंगलबार नगर प्रमुख रामकृष्ण खाँण ले जारी गरेको पत्रमा नगर भित्रका सामुदायिक विद्यालयहरुलाई शिक्षा ऐन तथा नियमावलीमा तोकिएको बमोजिमको निःशुल्क छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुको नामावली र विद्यालयले उठाउने शुल्कको विवरण साउन ५ गतेभित्र बुझाउन निर्देशन दिएका हुन् । नगरप्रमुख खाँणका अनुसार कुल विद्यार्थीको १० प्रतिशतले निःशुल्क छात्रवृत्ति प्राप्त गर्छन् ।
‘प्रस्तुत विषयमा तिलोत्तमा नगरपालिका भित्र सञ्चालित सम्पुर्ण संस्थागत विद्यालयहरुले शैक्षिक सत्र २०८० मा शिक्षा ऐन तथा नियमावलीमा तोकिए बमोजिमको निःशुल्क छात्रवृत्ति विवरण गरि त्यस्तो छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुको नामावली तथा कक्षा नर्सरी देखी कक्षा १२ सम्म विद्यार्थीबाट उठाउने शुल्क विवरण मिति २०५०।०४।०५ गते भित्र अनिवार्य रुपमा यस नगरपालिकामा पेश गर्नुहुन जानकारी गराइन्छ ।’– पत्रमा भनिएको छ ।
तिलोत्तमा नगरभित्र संस्थागत विद्यालय ४० र सामुदायिक विद्यालय ४२ वटा रहेका छन् ।
प्रकाशित मिति : मंगलबार, असार २६ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्