सबै एकजुट भएमा कृषिमा परिवर्तन ल्याउन सकिन्छ :मन्त्री भण्डारी लाल अहिर

सबै एकजुट भएमा कृषिमा परिवर्तन ल्याउन सकिन्छ :मन्त्री भण्डारी लाल अहिर

लुम्बिनी प्रदेशका कृषि तथा भूमी व्यवस्था मन्त्री भण्डारी लाल अहिरले कृषिका लागि सबै एकजुट हुनुपर्ने बताए । दुग्ध विकास संस्थान बुटवलकाे ५५ अाै वार्षिकाेत्सव कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री अहिरले सबै एकजुट भएमा कृषिमा परिवर्तन ल्याउने सकिने बताए । संस्थानले बेरोजगारी समस्यालाई केही हदसम्म समाधान गरेकाे बताउँदै किसानकाे उत्पादनलाई संस्थानले महत्त्व दिएकाे बताए । साथै मन्त्री अहिरले पशुमा फैलिएको महामारी लम्पी स्किन राेगकाे नियन्त्रणका लागि निर्देशन दिइएको उल्लेख गर्दै पशु नश्ल सुधार , उन्नत बिउबिजन , उन्नत घाँसकाे लागि समेत बजेट छुट्टयाइएको जानकारी दिए । लुम्बिनी प्रदेश दूध र मासुमा अात्मनिर्भर भएकाे बताउँदै अन्य क्षेत्रमा पनि अात्मनिर्भरता हुन जरूरी रहेकाे अाैल्याए । लुम्बिनी दुग्ध वितरण अायाेजनाकाे अायाेजनामा भएकाे कार्यक्रममा नेपाल लाइभ स्टक सेक्टर इन्नाेभेसनका प्रमुख गान्धीराज उपाध्यायले किसानकाे उत्पादनलाई संकलन र प्रशाेधन गरेर शहरकाे पैसा गाउँमा पुर्याउने महत्त्वपूर्ण काम गरेकाे बताए । खाध्य निरिक्षक खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख प्रवेश पाेखरेलले गुणस्तरीयतालाई कायम राख्न अाग्रह गरे । वुटवल अाैधाेगिक क्षेत्र व्यवस्थापन कार्यालय प्रमुख जीवनाराण बन्जाडेले किसानकाे उत्पादनलाई प्राथमिकतामा राखेर अघि बढ्न सुझाए । कार्यक्रममा दुग्ध विकास संस्थान कर्मचारी संगठन नेपाल क्षेत्रीय समिति अध्यक्ष राजन भुसाल , नेपाल दुग्ध विकास संस्थान कर्मचारी संघ इकाई समितिका कल्पना अाचार्य , राष्ट्रिय कर्मचारी संगठन अध्यक्ष कुमार केसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । २५ वर्ष लामाे अवधिसम्म सेवा गरेका १६ जना कर्मचारीलाई संस्थानले दीर्घ सेवा पदकबाट सम्मान गरेकाे छ । कार्यक्रमकाे समापन गर्दै अायाेजनाका अायाेजना प्रमुख याेगेन्द्र शाहले याे अायाेजना नाफामूलक भन्दा पनि सेवामूलक भएकाे र गरिबी निवारणमा महत्त्वपूर्ण भूमिका खेलेकाे बताए । शाहले साउन र भदाै महिनामा दूध उत्पादन बढी हुनाले संकलन गर्न गाह्रो भएकाे दुखेसाे गर्दै यसका लागि प्रदेश सरकारलाई थप सहयाेग गर्न अाग्रह गरे । बिस २०२६ श्रावण १ गते सुरूवात भएकाे संस्थानले  बुटवल , भैरहवा , पाल्पा , नवलपरासीका बजार क्षेत्रमा दुग्ध तथा दुग्धजन्य पदार्थ बिक्रीवितरण गर्दै अाएकाे छ । संस्थानले दूध , दही , ध्यु , अाइसक्रिम , विभिन्न मिठाईका परिकार , चीजलगायतका विभिन्न १७ प्रकारका उत्पादन र बिक्रीवितरण गर्दै अाइरहेकाे छ । साेही कार्यक्रममा पहिले उत्पादन भई राेकिएकाे लस्सीकाे लञ्चिङसमेत गरिएकाे छ ।

प्रकाशित मिति : सोमबार, साउन १ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij