बुटवल- बुटवलको तिनाउ र दानव नदीमा फसेका दुईजनाको उद्धार गरिएको छ ।
बुटवल मजुवास्थित तिनाउ नदिको बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मिनबहादुर गाहा र दानव नदीमा फसेका अर्का एकजना पुरूषलाई नगर प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको प्रयासमा सकुसल उद्धार गरिएको हो । तिनाउमा नदीको सतह बढेकाले दाउरा, माछा मार्ने उदेश्य वा खोला हेर्ने उदेश्यले नजान सबैमा अनुरोध गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए। उनले नदीकिनारमा विपदको टोली र नगरप्रहरी खटाएर सावधानी अपनाईएको बताए। नदिकिनार क्षेत्रमा नगरप्रहरीले माईकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको छ।
प्रकाशित मिति : मंगलबार, साउन ९ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्