ॐ अस्पतालद्वारा नि:शुल्क स्वास्थ्य शिबिर र औषधी बितरण

ॐ अस्पतालद्वारा नि:शुल्क स्वास्थ्य शिबिर र औषधी बितरण

ॐ अस्पतालद्वारा नि:शुल्क स्वास्थ्य शिबिर र औषधी बितर
 तिलोत्तमा । रुपन्देहिको तिलोत्तमा-४ ड्राइभरटोल स्थित  ॐ महिला तथा बाल अस्पतालले महिला तथा बालबालिकाहरुको नि:शुल्क स्वास्थ्य जाँच गरेको छ ।
तिलोत्तमा-४ स्थित जन ज्योति उच्च माध्यमिक बिद्यालय डिङ्गरनगरमा शुक्रबार  अस्पतालले महिला तथा बाल रोग सम्बन्धि जनचेतना तथा स्वास्थ्य शिबिरको आयोजना गरि नि:शुल्क स्वास्थ्य जाँच गरेको हो ।
बिश्व हेपाटाइटिस दिवसको अवसरमा ॐ अस्पताल र रोटरी क्लव अफ बुटवल डाउनटाउनको सयुक्तआयोजनामा भएको शिबिरमा महिला र बालबालिका गरि ३ सय जनाको स्वास्थ्य परिक्षण गरिएको अस्पतालले जनाएको छ ।
ॐ अस्पतालकी सुपरिटेन्डेन्ट डा. शर्मिला शर्मा र बालरोग बिशेषज्ञ डा. अनिल खनालले स्वास्थ्य जाँच गरेको शिबिरमा मेडिकल अफ नर्सिङ्ग स्टाफ कलेजले प्राबिधिक सहयोग गरेको ॐ अस्पतालले जनाएको छ ।
सो अवसरमा महिलाको पाठेघर सम्बन्धी जनचेतना कार्यक्रम गरिनुका साथै स्वास्थ्य जाँच गराएर स्वास्थ्य समस्या देखिएका बिरामीहरुलाइ स्वास्थ्य परामर्शका साथै नि:शुल्क औषधी समेत बितरण गरिएको थियो ।
अस्पताल सङ्ग सहकार्य गरेर आगामी दिनमा पनि स्वास्थ्यको पहुच देखि टाढा रहेका महिला तथा बालबालिकालाइ लक्षित गरेर स्वास्थ्य जाँच शिबिर लगायतका कार्यक्रम आयोजना गरिने क्लवका अध्यक्ष कमला हमालले बताउनु भयो ।
तिलोत्तमा-४ ड्राइभरटोलमा करिव १२ कट्ठा जमिनमा आफ्नै सुबिधा सम्पन्न भवन निर्माण गरि १२ जना बिशेषज्ञ डक्टरहरुद्वारा सेवा सन्चालन गरेको अस्पतालको औपचारिक शुभारम्भ भने भाद्र ७ गतेदेखि हुने अस्पतालका सन्चालक घनश्याम तिवारीले जानकारी गराउनु भयो ।

प्रकाशित मिति : शुक्रबार, साउन १२ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij