पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिन सडक खुल्यो

पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिन सडक खुल्यो

काठमाण्डाै – पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिन सडक खुलेको छ ।

बिहान कालीखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहान ७ बजे इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो गएको थियाे। पहिरो पन्छाएर ९ बजेदेखि सडक खुलेको छ । रोकिएका गाडी सडक खुलेपछि गन्तव्यतर्फ लागेका छन् ।

त्यसअघि गएराती बन्द भएको सडक पहिरो हटाएपछि बिहान ३ बजेदेखि खुलेको थियो । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक पटक पटक बन्द हुँदै आएको छ । संघीय राजधानी काठमाण्डौको लाइफ लाइन मानिएको यो सडकमा दैनिक औसतमा १० हजार गाडी आउजाउ गर्ने गर्छन् ।

प्रकाशित मिति : शनिबार, साउन १३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij