सुन तस्करीको गहिराईमा पुगेर अनुसन्धान होस् : काँग्रेस केन्द्रीय सदस्य पौडेल

सुन तस्करीको गहिराईमा पुगेर अनुसन्धान होस् : काँग्रेस केन्द्रीय सदस्य पौडेल

बुटवल
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनीधि सभा सदस्य प्रदिप पौडेलले सुन काण्डको गहिराईमा पुगेर अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ । उहाँले भरियामात्रै नभएर योजनाकारसम्म पुग्नेगरी अनुसन्धान गर्न आग्रह गर्दै सामान्य मजदुरको टाउकोमा मात्रै दोस थपर्ने काम नगर्न आग्रह गर्नुभयो ।
नेपाल प्रेस युनियन रुपन्देहीले आईतबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले सुन तस्करीमा संलग्न व्यक्ति पक्राउ परेपछि संसद अवरोध गर्ने काम पनि राम्रो नभएको बताउनु भयो । उहाँले त्यो काण्डको बिरोध गर्ने राम्रो कुरा भएपनि अनुसन्धान हुँदा हुँदै विरोध तथा संसद अवरोध गर्ने काम राम्रो भएको बताउनु भएको हो । उहाँले सुन काण्डमा जरैसम्म पुगेर अनुसन्धान गर्न र मुख्य योजनाकारलाई समात्न आग्रह गर्दै अनुसन्धान गरेझै गर्ने, सामान्य मजदुरको टाउकोमा दोस थोपरेर दोसीलाई उम्काउने काम भयो भने गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था पनि आउन सक्ने बताउनु भयो ।
उहाँले मुलुकमा भ्रष्टाचार बढेको बताउँदै भ्रटाचार रोक्नको लागि दलहरु जिम्मेवार हुनुपर्ने भनाई राख्नुभयो । पुँजीगत खर्चभन्दा चालुखर्च चारगुणा बढी खर्च भएको बताउँदै त्यो पनि पुरा खर्च गर्न नसकिएको भनाई राख्नुभयो । विगत १५ वर्षको तथ्यांकमा ८५ प्रतिशत भन्दा बढी पुँजीगत खर्च हुन नसकेको उल्लेख गर्नुभयो । भष्टाचार, अनियमितता र वेरुजु यसको प्रमुख कारण रहेको उहाँको भनाई छ ।
उहाँले प्रतिनीधि सभामा सांसद संख्या खटाउनु पर्ने, मन्त्रीपरिषको आकार पनि सिमित संख्याको बनाउनु पर्ने बताउँदै त्यसलाई समावेशी प्रकृतिको बनाउन पनि सकिने भनाई राख्नुभयो । हालै सम्पन्न पार्टीको केन्र्दीय समिति बैठकमा पनि यो कुरा उठाएको बताउँदै उहाँले भन्नुभयो–‘प्रतिनीधि सभाको संख्या घटाएर २०१ बनाउन सकिन्छ, त्यसै अनुसार प्रदेश सभाको पनि संख्या घाउन सकिन्छ, त्यसमा समावेशी चरित्रको हुँदैनकी भन्ने चिन्ता होला, त्यो पनि मिलाउन सकिन्छ ।’ नेता पौडेलले संघीयतालाई बलियो बनाउनको लागि पनि राजनीतिक तथा प्रशासनिक खर्च घटाउनु पर्ने बताउनु भयो ।
उहाँले नेपाली काँग्रेस मास बेस्ड चरित्रको पार्टी भएकाले मास वेस्ड पार्टीका मुल्यमान्यताहरुलाई अवलम्बन गर्नुपर्ने बताउँदै पार्टीमा एकैप्रकृतिको सदस्य संरचना, जनताको भावनाको तथा उनीहरुको समस्यामा सम्बोधन लगायतका कुरामा अझै सुधार गर्न खाँचो रहेको बताउनु भयो । उहाँले पार्टीको केन्द्रीय समितिको बैठक लाईभ गरेर पनि मास वेस्ड पार्टीको चरित्र प्रदर्शन गरेको बताउँदै अब हुने बैठकमा पनि लाईभ हुने बताउनु भयो । ‘अब हुने बैठकमा पनि लाईभ हुन्छ ।’ उहाँले भन्नुभयो–‘अब पछाडि फर्किन मिल्दैन ।’ कार्यक्रम नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालको अध्यक्षता तथा सचिव कपिल ज्ञवालीको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति : आइतबार, साउन १४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij