वागेश्वरी कला तथा संगीत एकेडेमीमा नृत्य विधाकाे परीक्षा सम्पन्न

वागेश्वरी कला तथा संगीत एकेडेमीमा नृत्य विधाकाे परीक्षा सम्पन्न

बुटवल

वागेश्वरी कला तथा संगीत एकेडेमी बुटवलमा नृत्य विधाकाे परीक्षा सम्पन्न भएकाे छ । शनिबार नृत्यतर्फ अाधारभूत र इन्टरमिडियट तहका परीक्षाहरू सम्पन्न भएका हुन् । बुटवल र मणिग्रामका साे तहका विद्यार्थीहरूकाे परीक्षा भएकाे एकेडेमीले जनाएको छ । अाधारभूत तहकाे परीक्षामा बुटवल र मणिग्राम शाखाका २५ जना विद्यार्थीहरू सहभागी भएका थिए । अाधारभूत तहकाे परीक्षामा बुटवलकी दियान्शा सापकोटा     प्रथम भएकी छन् भने प्रकृति शाही ठकुरी दाेस्राे र रित्तिका ज्ञवालीले तेस्राे स्थान प्राप्त गरेकी छन् । त्यसैगरी  इन्टरमिडियट तहकाे परीक्षामा मणिग्राम शाखाबाट प्रियान्शु गाैतम प्रथम भएकी छन् । मणिग्राम शाखाकै विपिशा काफ्ले दाेस्राे र स्मारिका पन्थले तेस्राे स्थान प्राप्त गर्न सफल भएकाे एकेडेमीले जनाएकाे छ । कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई प्रमाण पत्र र ट्रफीद्वारा सम्मान गरिएकाे छ भने सहभागी सबै परीक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएकाे थियाे ।  इन्टरमिडियट तहकाे परीक्षामा १४ जना विद्यार्थीकाे सहभागिता रहेकाे थियाे भने अाधारभूत तहकाे परीक्षामा २५ जना विद्यार्थी  सहभागी भएका थिए । परीक्षामा नृत्य प्रशिक्षकहरू हिमाल सुनार , किशाेर भुसाल , अाशिष थापा र विवेक थापा निर्णायककाे रूपमा रहेका थिए । नृत्यमा एक्प्रेशन , इनर्जी , प्रिजेनटेशन र विट टाइमिङ गरी चार कुरालाई प्राथमिकता दिइएकाे नृत्य प्रशिक्षक हिमाल सुनारले बताए । कार्यक्रमकाे समापन गर्दै एकेडेमीका सञ्चालक लालीमा श्रेष्ठले सबै अविभावककाे साथ र सहयाेगले एकेडेमी यहाँसम्म अाएकाे बताइन् । साथै अागामी दिनमा पनि साथ सहयोगकाे लागि अाग्रह गरिन् । एकेडेमीमा बुटवल र मणिग्रमा शाखामा नृत्य , गायन , बाध्यबाधन र अार्टका कक्षाहरू विगतका वर्षदेखि सञ्चालन हुँदै अाइरहेकाे एकेडेमीका कार्यालय प्रमुख दावा शेर्पा (दर्पण) ले जानकारी दिए ।

प्रकाशित मिति : आइतबार, साउन १४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij