गुल्मीमा छुट्टाछुट्टै घटनामा दुई जनाकाे ज्यान गयो

गुल्मीमा छुट्टाछुट्टै घटनामा दुई जनाकाे ज्यान गयो

गुल्मी – गुल्मीमा बिहीवार छुट्टाछुट्टै घटनामा दुई जनाकाे ज्यान गएको छ । ज्यान जानेमा मालिका गाउँपालिका–३ का ७० वर्षीय नन्दे बिक र मुसिकोट नगरपालिका–४ डाँडाथोककी ३६ वर्षीया फुलकुमारी नेपाली रहेका छन् ।

मालिका–३ का नन्दे बिककाे आज दिउँसो स्थानीय पासे खाेलाकाे माेटरबाटाेबाट खसेर ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयाे । उहाँ आफन्तसँग भेटघाटका लागि बुधवार वडा नम्बर २ काे दर्लिङ जानुभएकाे र रातिसम्म घर नफर्केपछि खोजीका क्रममा मृत अवस्थामा भेटिनुभएकाे हाे ।

त्यसैगरी आज बिहान आफ्नी छोरी र छिमेकीसहित स्थानीय ढुंगेठाँटी हर्लेखानी सामुदायिक वनमा घाँस काट्न जानुभएकी मुसिकोट–४ की  फुलकुमारी नेपालीको घाँस काट्ने क्रममा भिरबाट लडेर ज्यान गएको छ । भिरबाट लडेकी नेपालीको घटनास्थलै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ ।

प्रकाशित मिति : बिहिबार, साउन १८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij