प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौँ
प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । सुन तस्करी प्रकरणको छानबिनका लागि समिति बनाउने बिषयमा राष्ट्रिय दलका शीर्ष नेतृत्व तहमा सहमति भए पनि संसद खुल्ने निश्चित नभएकोले आज दिउँसो ३ बजेका लागि तय भएको बैठक स्थगित भएको बताइएको छ ।

संसदअघि शीर्ष तहको बैठक बसेर सुवास नेम्वाङ, रमेश लेखक र हितराज पाण्डेले तयार गरेको ड्राफ्टलाई अन्तिम रूप दिने बताइएपनि एमाले अध्यक्ष केपी शर्मा अनुपस्थित रहे । जसका कारण आजको शीर्ष तहको बैठक एजेन्डा तय नभई स्थगित हुन पुग्यो ।

लगत्तै संसद सचिवालयले पनि बैठक बस्ने दिन र समय परिवर्तन भएको सूचना निकालेको हो ।

‘आज मिति २०८० साल भदौ ५ गते मंगलबार दिनको ३ बजे बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको अर्को बैठक मिति २०८० साल भदौ ६ गते बुधबार दिनको ३ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’ , संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ

प्रकाशित मिति : मंगलबार, भाद्र ५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij